हेटौंडा । हेटौंडा–१८ बाट छतिवन जोड्ने सडक खण्ड जोखिमपूर्ण बनेको छ । श्रीपुर जंगल क्षेत्रमा पहिरो गईरहेकाले सडक जोखिमपूर्ण बनेको हो । निरन्तरको बर्षाका कारण त्यस क्षेत्रमा पहिरो झरिरहेको र सडक केही विग्रिएको धरान–चतरा आयोजनाका सुपरभाईजर सुन्दर दाहालले जानकारी दिए । उनले पहिरो झरिरहेकाले अत्यावश्यक काम बाहेक आवतजावत नगर्न अनुरोध गरेका छन् । मंगलबार विहान पहिरोका कारण सडक केहीबेर अवरुद्ध भएको थियो ।








