• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एमालेको प्रतिवद्धता ‘ग’ वर्गका अपाङ्गता र ६० वर्षमाथिका एकल पुरुषलाई पनि भत्ता

  •   मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । नेकपा (एमाले)ले ‘ग’ वर्गका अपाङ्गता भएका र ६० वर्षभन्दा माथिका एकल पुरुषलाई पनि भत्ता दिने प्रतिवद्धता जनाएकाे  छ । बेसीशहर नगर कमिटीले स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख छ ।

    संघीय सरकारले एकल महिलालाई र अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गलाई भत्ता दिने गरेपनि एमाले नगर कमिटीले सार्वजनिक गरेको प्रतिवद्धतामा बेसीशहरमा ‘ग’ वर्गका अपाङ्गता भएका र ६० वर्षभन्दा माथिका एकल पुरुषलाई पनि भत्ता दिने दाबी गरेकाे हाे ।

    ‘नेकपा (एमाले) को रहर, सुखी र समृद्ध बेसीशहर’ भन्‍ने नाराका साथ सार्वजनिक गरिएको प्रतिवद्धतापत्रमा विपन्‍नलाई उत्पादनका साधन दिलाउने सामाजिक सुरक्षाको व्यवस्था गरिने, निर्माण क्षेत्रमा अधिकतम रोजगारी सिर्जना हुनेगरी श्रमप्रधान प्रविधिको प्रयोग गरिने, श्रम गर्नसक्ने र चाहनेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध गरिने, स्वरोजगारका लागि लघुउद्यम तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम तय गरिने, वैदेशिक रोजगारीमा जानेका लागि न्यूनतम सीपमुलक तालिम दिने र विदेशबाट फर्केका व्यक्तिको ज्ञान, सीप र पुँजिको सदुपयोग गर्ने सम्बन्धी कार्यक्रम तय गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

    कानुन, तथा योजना तर्जुमा एवं कार्यान्वयन बेसीशहर नगरपालिका सञ्‍चालनका लागि आवश्यक पर्ने ऐन तथा कानुन, नियमावली, निर्देशिका, कार्यविधि निर्माण तथा संशोधन गरी स्थानीय शासन सञ्‍चालन ऐनको आधारमा योजना तर्जुमा र कार्यान्वयन गरिने उल्लेख छ ।

    नगरपालिका नगरस्तरीय डिजिटल प्रोफाइल तयार गरी तथ्यांककलाई अद्यावधिक गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ । शिक्षा क्षेत्रमा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमध्येबाट नमुना विद्यालय छनाेट गरी प्रोत्साहन गरिने, शिक्षकलाई बालमैत्री तालिमको व्यवस्था गरी शिक्षण सिकाई प्रक्रियामा गुणस्तरिय कायम गरिने भनिएकाे छ ।

    आधारभुत स्वास्थ्य सेवामा नागरिकको मौलिक हक सुनिश्चित गरिने, स्वास्थ्यका लागि हानिकारक खाद्यपदार्थको नियमन, सबै खाद्यवस्तुको मापदण्ड निर्धारण र गुणस्तर अनुगमन गरिने, समय समयमा स्वास्थ्य सेवा शिविर संचालन, प्रजनन स्वास्थ्य र पोषण सेवासम्बन्धी कार्यहरु सञ्चालन गरिने लगायतका अन्य प्रतिवद्धता उल्लेख गरिएको छ ।

    फोहोरमैला व्यवस्थापन र सरसफाइतर्फ फोहोरमैला व्यवस्थापनको गुरुयोजना तर्जुमा गरी वैज्ञानिक तथा दीर्घकालीन रुपको ल्यान्डफिल साइटको व्यवस्थापन गरिने, फोहोरमैला व्यवस्थापन र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्‍चालन गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । विद्युतीकरण र वैकल्पिक उर्जा, जलस्राेत तथा सिंचाइ पूर्वाधार, सडक तथा यातायात, आवास व्यवस्था, कृषि क्षेत्रतर्फ  कृषिमा आधुनिकिरण र प्रविधिको उपयोग गरी स्मार्ट विधिमा विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.