• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

हरेक वर्ष डुबानमा पर्ने श्रीलंकावासीको पुरानै माग, उम्मेदवारको पुरानै आश्वासन

  •   शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी ।  निर्वाचन जितेर नफर्किएका नेताहरूलाई धनगढी उपमहानगरपालिका–१३ का बासिन्दाले पाँच बर्षसम्म किन गाउँ नआएको भन्दै ¥याख¥याख्ती पार्ने गरेका छन् । अघिल्लो निर्वाचनमै श्रीलंका टापुको डुबान समस्या समाधान गर्छु भनेको किन पुरा भएन भनेर प्रश्न गर्ने गरेका छन् । उम्मेदवारहरू भने स्थानीयलाई पुरानै आश्वासन दोहोर्याइरहेका छन् ।

    श्रीलंका टापुमा डुबान समस्या विकराल छ । स्थानीयले डुबान समस्या समाधानका लागि सबै सरकारी निकाय र नेतालाई आग्रह गर्दा समेत नसुनेको गुनासो गरे । यहाँका उम्मेदवार र विजयी भएकाहरूले पनि आश्वासन मात्रै दिएको उनीहरूको दुखेसो छ ।

    निर्वाचन नजिँकिएसँगै श्रीलंकामा जाने सबै उम्मेदवारको एउटै एजेण्डा हुन्छ यहाँको डुबान नियन्त्रण गरिदिने । स्थानीय टीका चौधरीका अनुसार बर्षौ भइसक्यो तर डुबानको समस्या ज्यूँका त्यूँ छ । ‘पाँच वर्षअघि पनि उम्मेदवारहरू यहाँको डुबान समस्या समाधान गर्छाैं भन्दै भोट माग्न आएका थिए,’ अर्का स्थानीय दिनेश चौधरीले भने, ‘चुनाव जीतेपछि नेताले फर्केर हेरेनन्, अहिले फेरी त्यही मुद्दा दोहो¥याउँदै उम्मेदवार भोट माग्न आएका छन् ।’

    उनले उम्मेदवारहरूले डुबानको समस्यालाई चुनावी मुद्दा बनाएर नागरिकको भोट माग्न खाजेको आरोप लगाए । ‘यही मुद्दालाई सबैले एजेण्डा बनाउँदै गाउँमा आइरहेका छन्,’ उनले भने, ‘तर, कतिपय उम्मेदवार गाउँको स्थिति बारेमा जानकारनै छैनन् ।’

    कैलालीको मोहना नदी किरानरमा रहेको सो वस्ती डुबानमा पर्ने भएका कारण ‘श्रीलंका’ भनेको रहेछ । ०५७ सालमा सरकारले भुमिहीन, मुक्त कमैया र सुकुमवासीलाई सो ठाउँमा बस्न दिएका हो । होचो ठाउँ भएका कारण बर्षायाममा मोहना नदी गाउँमा पस्ने र एउटा सानो टापु मात्रै देखिने भएका कारण सो ठाउँको नाम ‘श्रीलंका’ टापु रहन गएको स्थानीयको भनाइ छ ।

    ‘होचो जमीनमा वस्ती बसाएका कारण मोहना नदीमा थोरै पानीको वहाव बढ्ने बित्तिकै गाउँमा पानी भरिहाल्थ्यो’ स्थानीय दिलबहादुर चौधरीले भने ‘अनि सानो टापुमा गएर बस्थ्यौं, बाढीबाट बँच्न हामी बस्ने टापुका कारण यो ठाउँको नामनै ‘श्रीलंका’ रहन गयो ।’

    अहिले मोहना नदी गाउँमा पस्ने समस्या समाधान भए पनि वर्षायाममा भने डुबानको उच्च जोखिम रहेको उनले बताए । ‘मोहनाबाट गाउँमा पानी आउने नदीको स्थानमा अहिले तटबन्धन गरेर बाँध लगाएको छ,’ उनले भने ‘तट्बन्धनपछि गाउँमा पानी आउन छोडेको छ ।’

    गाउँ डुबानमुक्त बनाउँन गाउँमा पूर्व भलमन्साको ठूलो योगदान रहेको स्थानीय तारा चौधरीले बताए । ती भलमन्सा बन्धुराम चौधरीको हाल निधन भइसकेको उनले बताए । ‘हालको गोदावरी नगरपालिका–५ स्थित मुक्तकमैया शिविरबाट श्रीलंका आएका हामीलाई यहाँ (श्रीलंका) बस्न निक्कै मुस्किल थियो,’ उनले भने ‘तर, तत्कालिन भलमन्साले ठूलो संघर्ष गरेर लालपूर्जा प्राप्त गरे । उनको मृत्यु भएसँगै हालसम्म पूर्जा व्यक्तिको नाममा आउन सकेको छैन ।’ मुक्तकमैयाँ वस्तीबाट २०५७ सालमा श्रीलंकामा वस्ती सारिएको थियो ।

    स्थानीय जीतबहादुर चौधरीले डुबानमुक्त भए पनि बर्षाको पानी निकास नहुँदा निक्कै समस्या भएको बताए । ‘गाउँमा नाला निर्माण नगरिँदा बर्षाको पानी जमेर हुने डुबानका कारण निक्कै समस्या भएको छ ।’ उनले भने ‘स्थानीयदेखि संघीय सरकारसँग आग्रह गर्दा पनि हाम्रो माग पूरा हुन सकेको छैन ।’ उनले आफ्नो टोल धनगढीमै पर्ने भए पनि सरकारको नजरबाट भने, ‘श्रीलंका देश’ जतिनै टाढा रहेको बताए ।

    ‘सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगरपालिकामा हामी बसेका छौं’ उनले भने ‘तर सरकारको नजरबाट हामी ‘श्रीलंका’ जतिनै टाढा छौं, न त स्थानीय तरकारले हेर्छ, न त प्रदेश र संघीय सरकारको नै ।’

    करिब तीन सय परिवारको बसोबास रहेको यो टोलबाट हालसम्म कुनै पनि नागरिकले निर्वाचनका लागि टिकट समेत पाउन सकेको छैन । टोलका भलमन्सा विनक चौधरीले भने, ‘हामीले सवै राजनीतिक दलसँग वडा सदस्यसम्म भए पनि टिकट दिन आग्रह गर्दा समेत कसैले विश्वास गरेनन् ।’

    ‘श्रीलंका’वासीलाई सरकारले २०५७/०५८ सालतिर जमीनको पुर्जा उपलब्ध गराए पनि हाल सम्म जमीनमा हक भने नदिएको उनीहरूको गुनासो छ । ‘लालपुर्जा दिएर हामीले वर्षेनी सरकारलाई कर तिर्न परिरहेको छ,’ दिलबहादुर चौधरीले भने ‘तर सो लालपूर्जा धितो राख्ने अधिकार दिएको छैन, जमीन धितो राखेर स्वरोजगार बन्ने चाहना पुरा हुन सकेको छैन, लगानी गर्न अन्य कुनै माध्याम पनि छैन ।’ गाउँमा बाढी आएका बेला बस्ने टापु भने मोहना नदीले नै निर्माण गरेको गाउँका एक वृद्धले बताए । ‘एक पटक मोहनामा ठुलो बाढी आएको थियो,’ ८० वर्षीय बुद्धि चौधरीले भने, ‘सोही बाढीले नदीको केहीयता गाउँतिर टापु बनायो, तर त्यतिवेला यहाँ वस्ती थिएन । अनि टापुको नाम पनि राखिएको थिएन ।’ करिब तीन सय परिवार रहेको श्रीलंकाका अधिकांस परिवार बेरोजगार छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.