काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा एक नेपाली पुरुष र एक चिनियाँ महिला रहेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय वृद्ध र ४९ वर्षीया चिनियाँ महिला रहेका छन् । यो संगै नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।








