अर्घाखाँची । अर्घाखाँचीका ३२५ जना कोरोना संक्रमित मध्ये बिहिबार बिहानसम्म ३१९ जना डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या ३१९ पुगेको हो ।
हालसम्म सन्धिखर्क नगरपालिकाका ४३ जना, शितगंगा नगरपालिकाका ६४ जना , भुमिकास्थान नगरपालीकाका १०४ जना,मालारानी गाउँपालीकाका ६७ जना, पाणिनी गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २७ जना गरि ३१९ जना डिस्चार्ज भएका छन । भुमिकास्थानका २ जना र छत्रदेव गाउँपालिकाका १ जना गरी जम्मा ३ जना संक्रमितहरु आईसोलेशनमा रहेका छन ।
जिल्लामा हालसम्म भुमिकास्थानमम १ जना शितगंगामा १ जना र मालारानीमा १ जना गरी ३ जनाको ज्यान गईसकेको छ ।जिल्लाको सन्धिखर्क नगरपालीकामा ४३ जना, शितगंगा नगरपालीकामा ६५ जना, भुमिकास्थान नगरपालिकामा १०७ जना ,मालारानि गाउँपालीकामा ६८ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख पुस्पा थापाले बताईन् ।
जिल्लाका बिभिन्न क्वरेन्टीनमा ३२२ जना व्यक्तिहरु रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको भएपनि पछिल्लो समय भारत लगायत तेस्रो मुलुकबाट आउनेको संख्या कमी भएको र दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि भएकोले क्वरेन्टीनमा बस्नेको संख्या घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा संन्धिखर्क नगरपालीकामा ९ जना, शितगंगा नगरपालीकामा ६ जना र भुमिकास्थानमा १६ जना गरी जम्मा ३१ जना बिभिन्न क्वरेन्टीनमा भित्रिएका छन् । यसैबिच लकडाउन खुलेसंगै जिल्ला सदरमुकाम सन्धिखर्क लगायतका स्थानहरुमा थप चहलपहल बढेको छ । चहलपहल संगै कोरोनाबाट बच्न थप सर्तकता अपनाउनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।








