जिल्ला प्रहरी कार्यालय मकवानपुरले साँढे २ किलो चाँदीका विभिन्न अवैध गरगहनासहित एक युवालाई पक्राउ गरेको छ । मकवानपुरले प्रहरीले चाँदीका विभिन्न गरगहनासहित बाग्लुङ जैमिनि नगरपालिका ७ बस्ने ३६ वर्षिय कृष्ण रसाईलीलाई आईतबार सार्वजनिक गरेको हो । प्रहरीले शुक्रबार साँझ हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट २ किलो ४ सय ६० ग्राम चाँदीका अवैध विभिन्न गरगहनासहित रसाईलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता टिकाबहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार रसाईलीको साथबाट पथ्थर भएको औठी १७ पिस, पथ्थर नभएको औठी १९, पथ्थर भएको सानो बाला ७२, लेडिज औठी २८, पथ्थर नभएको बाला सानोठूलो ३३, बेरिएको सानो बाला ५०, पथ्थर नभएको ब्रासलेट १७, भगवानको मुर्ति ६२ पिस र स–साना चाँदीका दानाहरु पक्राउ गरिएको बताए । रसाईलीको साथबाट पक्राउ परेका चाँदीको रकम १ लाख ७७ हजार १ सय ४३ हुन आउने र बरामद सामान भन्सार कार्यालय बिरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








