• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मध्यपुर थिमिमा गठबन्धनका मेयर सुरेन्द्र विजयी

  •   बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन विजयी भएको छ । गठबन्धनले मध्यपुर थिमिमा नगरप्रमुख, उपप्रमुख, ६ वटा वडासहित बहुमत सदस्य जित हात पारेकाे छ । २ वटा वडाअध्यक्ष नेकपा एमाले र एउटामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विजयी भए ।

    मध्यपुर थिमिमा प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्नै ज्वाइँ एवं निवर्तमान प्रमुख नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई पराजित गरेका छन् । गठबन्धनकातर्फबाट उम्मेदवार बनेका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्दी मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरे ।

    २०७४ मा मदनसुन्दरले नेपाली कांग्रेसका अष्ट कवेलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका थिए ।  मदनसुन्दरले १४ हजार मत पाएका थिए । यसपटक एक्लै चुनावी मैदानमा उत्रेको एमालेले मध्यपुर थिमिमा प्रमुख र उपप्रमुख दुवै गुमाउन पुग्यो ।

    उपप्रमुखमा पनि गठबन्धनका विजयकृष्ण श्रेष्ठ निर्वाचित भए । नेकपा माओवादी केन्द्रका श्रेष्ठले १२ हजार एक सय दुई मत ल्याई विजयी हुँदा उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेकी उत्तरा नेपालले आठ हजार आठ सय ६३ मतमा  सीमित भइन् ।

    मध्यपुर थिमिको नगरसभामा गठबन्धनले करिव दुई तिहाई सिट जितेको छ । मध्यपुर थिमिको ४७ सदस्यीय नगरसभामा गठबन्धनले २९ सिट जितेको छ भने नेकपा एमालेले १३ र नेमकिपाले ४ सिट जितेको छ ।

    नेपाली कांग्रेसले नगरप्रमुख, ६ वडाअध्यक्ष र १८ जना नगरसभा सदस्यसहित महुमत सिट जितेको छ । कांग्रेसले वडा नं. १ मा वडाअध्यक्षसहित ४, वडा नं. २ मा वडाअध्यक्षसहित दुई , वडा नं. ३ मा वडाअध्यक्षसहित चार, वडा नं. ४ मा एक सदस्य, वडा नं. ५ मा वडाअध्यक्षसहित तीन, वडा नं. ६ मा वडाअध्यक्षसहित चार सदस्य जितेको हो । त्यसैगरी वडा नं. ७ मा दुई सदस्य, ८ मा एक सदस्य जितेको कांग्रेसले वडा नं. ९ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ ।

    नेकपा माओवदी केन्द्रले उपप्रमुखसहित वडा नं. ६ मा एक र वडा नं. ९ मा एक सदस्य जितेको छ भने नेकपा एमालेले वडा नं. १ मा एक सदस्य, २ मा तीन सदस्य, वडा नं. ३ मा एक सदस्य, वडा नं. ४ मा वडाअध्यक्षसहित ४, वडा नं. ५ मा दुई सदस्य, वडा नं. ७ मा वडाअध्यक्षसहित ३ सदस्य जितेको छ ।

    नेमकिपाले वडा नं. ८ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.