पोखरा । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा चार जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये तनहुँका १, बाग्लुङका १, लमजुङका ३ र कास्कीका ५ जना रहेका छन् । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा। विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ६० पुगेको छ ।








