काठमाडौँ । सनिश श्रेष्ठ र निलिमा थापा मगरको ‘मस्तै मस्तै..’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रचना रहेको गीतमा सुबाश भुसालले संगीत भरेका छन् । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा स्वस्तिमा खड्का र रन्जीत पौडेल फिचर्ड छन् । भिडियोमा बुद्ध थापाको छायाँकन रहेको छ भने विकास धमलाको सम्पादन छ ।








