• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आयुर्वेद केन्द्र जुम्लाको खातामा पैसा छ तर कार्यालय प्रमुख नहुँदा औषधि किन्न पाएन

  •   बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जुम्ला । आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन बनेको छ । तत्कालिन कार्यालय प्रमुख देवेन्द्र ठाकुरको सरुवा भएसँगै गत पुसदेखि केन्द्र प्रमुखविहीन भएको हो ।

    पाँच महिनादेखि कार्यालय प्रमुख नहँुदा केन्द्रले नियमित रुपमा दिँदै आएका सबै सेवा प्रभावित भएको छ । ठाकुर पुसमा सरुवा भएर जाजरकोट गएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटले उनलाई हाजिरी हुन नदिएपछि फेरि १ चैतसम्म जुम्लामै हाजिर गरे । जुम्लामा हाजिर गरे पनि रमना लिइसकेकाले तलब नपाएपछि उनी सुर्खेत गएका थिए ।

    करारका कर्मचारीले पाएनन् पाँच महिनादेखि तलब
    कार्यालय प्रमुख नहुँदा दैनिक आर्थिक कारोेबार मात्रै बन्द भएको छैन कार्यालयका लागि आवश्यक औषधि, प्रयोगशालाका सामान, ल्याबमा आवश्यक सामाग्रीको भुक्तानी समेत हुन सकेको छैन ।

    केन्द्रका वैद्य गोर्खबहादुर रावतका अनुसार प्रमुख नहँुदा करारका कर्मचारीले पाँच महिनादेखि तलब समेत पाएका छैनन् । उनले भने ‘केन्द्रमा १५ जना कर्मचारी छन् । जसमध्ये १३ जना करार कर्मचारी छन् ।’

    उनी अहिले कार्यालय प्रमुख पठाइदिन भन्दै कर्णाली प्रदेशको राजधानी सुर्खेत धाइरहेको बाताए । तर कार्यालय प्रमुख पठाउने बारे सुनुवाइ नभएका उनको भनाइ छ । उनले भने, ‘सामाजिक विकास मन्त्रालय सहितका सरोकारवाला निकायमा कार्यालय प्रमुख व्यवस्था गरिदिन सात पटक पत्र समेत पठाए । पत्रमार्फत सुनुवाइ नभएपछि आफै प्रदेश राजधानी पुगेँ । प्रमुख नपठाउँदा आयुर्वेदका सबै काम प्रभावित छन् । सेवाग्राहीलाई  औषधि तथा आवश्यक सामग्री दिन सकेको छैन ।’

    पुँजीगत वित्तिय प्रगति शून्य
    केन्द्रमा आवश्यक फर्निचर खरिद, ल्याबका सामग्री खरिद, औषधि खरिदको भुक्तानी समेत हुन नसक्दा पँुजीगत वित्तीय प्रगति शून्य भएको छ । कार्यालय मर्मतका लागि २० लाख र डिपीआरका लागि पाँच लाख आएकोमा त्यो काम पनि हुन नसकेको रावतले बाताए ।

    वैद्य रावतका अनुसार मन्त्रालयले केही सयमअघि एउटा पत्र दिएको थियो । उक्त पत्रअनुसार तलबभत्ता, पोषाक, घरभाडा, बत्ती, बिजुली महशुल शीर्षकमा खर्च गर्न सकिनेछ । तर करारका कर्मचारीलाई भने तलब दिन नपाउने व्यहोरा उल्लेख छ ।

    खाली हात फर्किन्छन, सेवाग्राही
    यस केन्द्रमा दैनिक १५ देखि ३० जना सेवाग्राही आउँथे । तर, औषधि अभावका कारण रित्तो हात फर्किनु परेपछि सेवाग्राही घटेका छन् । खातामा पैसा छ तर औषधि खरिद गर्ने पक्रिया बढाउन नसक्दा सेवाग्राहीले सेवा पाइरहेका छैनन् । औषधि छैन भन्ने थाहा पाएपछि सेवाग्राही आउनै छाडेका छन् ।

    गत आर्थिक बर्ष पनि कार्यालय प्रमुखकै कारण काम गर्न नसकेर १२ लाख फ्रिज भएको थियो । कार्यालय प्रमुख नहुँदा आयुर्वेद स्वास्थ्य केन्द्र धरापमा पर्ने अवस्थामा पुगेको स्थानीयवासीको चिन्ता छ । स्थानीय राजुशरण न्यौपानेले ठूलो उद्देश्यका साथ स्थापना भएको संस्था कर्मचारीकै कारण जीर्ण बन्ने अवस्थामा पुग्नु दुखद् भएको बताए ।

    सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक लक्ष्मी नारायण तिवारीका अनुसार चाडैनै समस्या सामाधान हुने आशा गरेको बताए । मन्त्रालयका सचिवलाई समस्या बारे जानकारी गराएको उनको भनाइ छ ।

    प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईका अनुसार आयुर्वेद अस्पताल पहिलादेखिनै अस्तव्यवस्त रहेकोले व्यवस्थि त गर्न प्रदेश सरकारलाई जाकारी गरेको बताइन । उनले भनिन्, ‘अरु काम पूरा हुने सम्भावना त न्युन छ तर करारका कर्मचारीको तलबको बिषयमा कुरा भएको छ ।’

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.