जापान बाट नेपालि लोकगितको क्षेत्रमा क्रियाशिल गायक प्रेम सापकोटा सोनुले हरितालिका तिजको अवसरमा नयाँ गित लिएर बजारमा आएका छन् ।
नजिकिदै गरेको हरितालिका तिजलाई लक्षीत गरि सापकोटाले गिलास ठोक्काउनी बोलको गित आफ्नै युट्युव च्यालन मार्फत बजारमा ल्याएका हुन् ।
युवा पुस्ताका दर्शकको मनोविज्ञानलाई सम्बोधन गर्नका लागि आज सम्म गायका भन्दा पृथक किसिमको गित बजारमा ल्याएको सोनुको भनाई रहेको छ । गितमा सोनु र चर्चित गायिका प्रति आलेको आवाज रहेको छ ।गितको म्युजिक भिडियोमा विवादका कारण चर्चित ज्वति मगर, लोमस शर्माको अभिनय, स्मृति तिम्लसिनाको निर्देशन रहेको छ भने गितको शब्द समिर प्रकाश पाण्डेको रहेको छ ।








