देवघाट तनहुँ । देवघाट गाउँपालिका अन्तरगत ल्हुङ्ग्ग्रीङ्ग टोल बिकास सस्था र क्राङ्गस्वार टोल बिकास सस्थाको संयुत्त भेलाले तोकिए समय भन्दा बाहिर मदिरा बेचबिखन गरेमा बेच्नेलाई १ हजार रुपैयाँ र मदिरा सेवन गर्नेलाई १५ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।
सो भेला कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले मदिरा व्यवस्थापनको लागि हामी सबैले आ(आफ्नो ठाँउ बाट जुट्नु पर्ने र मदिरा सेवनले दैनिक जीवनमा हाम्रो स्वास्थ्य बिग्रने, समय वर्वाद हुने र कहिले पैसाको बचत नहुने भएको हुनाले पनि मदिरा सेवन गर्न कहिले नहुने थापाले बताउनु भएको थियो।
सो कार्यक्रममा उहाले आफ्नो घर आउने पाहुना लाई स्वागत गर्दा जाडरक्सीले होइन दही,दुध,कफी,चिया र फलफूलले स्वागत गर्न अनुरोध गर्नु भएको थियो। तेस पछी मात्र बिस्तारै मदिरा र जुवातास नियन्त्रण हुन सक्ने बताउनु भएको थियो । देवघाट गाउँपालिका वडा नम्बर ३ भित्र रहेको टोल बिकास सस्थाले मदिरा बेचबिखनमा लापरवाही हुना थाले पछि तेसलाई नियन्त्रण गर्ने उद्देश्यको साथ दुई वटा टोल बिकास समितिको संयुक्त भेला गरि साझा ६ बजे देखि ९ बजे सम्म मात्र बेचबिखन गर्न पाइने निर्णय गरेको र तोकिए समय भन्दा बाहिर बेचबिखन गरेमा बेच्ने लाई १ हजार रुपैयाँ र सेवन गर्नेलाई १५ सय रुपैयाँ जरिवाना गर्ने टोल बिकास सस्थाका अध्यक्ष नवराज गुरुङले जानकारी दिनुभएको थियो ।
सो कार्यक्रममा विशेष अतिथि देवघाट गाउँपालिकाका कार्यापालिका सदस्य यम माया गुरुङ, नेकपा जिल्ला सचीवलय सदस्य भिम बहादुर राना विशेष अतिथि देवघाट ३ नम्बर नेकपा टिकराम थापा उपस्थिति रहेकोे थियोे।








