• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

हेटौंडा आँखा अस्पतालमा दैनिक तीन सयले सेवा लिँदै

  •   बुधबार, जेठ २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । हेटौंडा सामुदायिक आँखा अस्पतालले दैनिक रूपमा औसत तीन सय बिरामीलाई सेवा दिइरहेको छ । बुधबार अस्पतालले मकवानपुरका सम्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गर्दै अस्पतालले दैनिक तीन सय बिरामीलाई सेवा दिने गरेको जानकारी दिएको हो । जसमध्ये अधिकांश ५० वर्ष नाघेको बिरामी र १० देखि १२ जना बालबालिका आउने गरेको तथ्यांक छ ।

    कार्यक्रममा अस्पतालका प्रमुख डाक्टर सुनिल थकालीले आँखामा हुने रोगबाट बच्ने उपाय जानकारी गराएका थिए । उनले निरोगी व्यक्तिहरूले पनि नियमित रूपमा आँखा जाँच गर्नुपर्ने सुझाव दिए । मोतीबिन्दु, जलबिन्दु, मधुमेहले आँखाको पर्दामा हुने असर, आँखाको नानीमा हुने घाउ लगायतको बारेमा जानकारी गराएका थिए । कतिपय आँखामा हुने रोग सामान्य उपचारबाट पनि निको हुने बताउँदै थकालीले बेलैमा उपचार गर्न नसके त्यसले जटिल समस्या उत्पन्न गराउने बताए ।

    थकालीले आँखामा केही सामान्य समस्या आए पनि अस्पताल पुगेर आँखा जाँच गराउन आग्रह समेत गरेका छन् । अस्पतालबाट अहिले ३ जना नेत्र रोग विशेषज्ञ, ११ जना नेत्र सहायकसहित ५२ जना कर्मचारीले सेवा दिइरहेका छन् । विश्वको तथ्यांक अनुसार २२ करोड मानिस अन्धोपनको रेखामुनि रहे पनि १० करोड मानिसको दृष्टि फिर्ता गर्न सकिने थकालीले बताए । अस्पतालका प्रशासकीय अधिकृत सुधीरभद्र श्रेष्ठले स्वास्थ्य बिमाका कारण भने समस्या हुने गरेको बताए ।

    ‘स्वास्थ्य बिमा बोर्डले समयमा नै भुक्तानी नदिँदा समस्या भएको छ,’ उनले भने, ‘स्वास्थ्य बिमाले जनचेतना बढेर अस्पताल आउने बिरामी बढे पनि कागजी प्रक्रिया, किस्ताबन्दीमा रकम ढिला आउने कारण समस्या भएको छ ।’ अहिले स्वास्थ्य बिमा बोर्डबाट अस्पतालले करिब ३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको श्रेष्ठले बताए ।

    दैनिक रूपमा अस्पतालमा स्वास्थ्य बिमा कार्ड बनाएकाहरू करिब १५० जना उपचारको लागि आउने गरेको तथ्यांक छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, मकवानपुरका अध्यक्ष मणिराज गौतम, पूर्वअध्यक्ष राममणि दाहाल लगायतको पत्रकारहरूको उपस्थिति रहेको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.