काठमाडौं । नेपाल प्रहरीको एआइजीमा डीआईजी प्रधुम्न कार्की र निरजबहादुर शाही बढुवा भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले कार्की र शाहीलाई एआईजीमा बढुवा गरेको हो । एक साताअघि गृह मन्त्रालयअन्तर्गतको बढुवा समितीले रिक्त एआईजी दरबन्दीमा प्रधुम्न र निरजलाई बढुवा सिफारिस गरेको थियो । यो सिफारिसविरुद्ध कसैको पनि उजुरी नपरेपछि मन्त्रिपरिषद् बैठकले उनिहरुलाई एआईजीमा बढुवा गरेको हो। दुवै जना वर्तमान महानिरिक्षक शैलेश थापाका ब्याची हुन् ।








