• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

३८ अर्बको बजेट ल्याउँदै गण्डकी सरकार, सांसदलाई टाउको गनेर ५ करोडको सिलिङ

  •   आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनैपर्ने कानुनी व्यवस्था छ । ३६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरिएको सरकारले जनाएको छ । अहिले संसदमा नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । बजेटअघि नीति तथा कार्यक्रम पास गर्नुपर्छ ।

    सरकारले सांसदलाई टाउको गनेर बजेट दिने तयारी गरेको छ । सत्तापक्षका सांसदलाई प्रतिसांसद ५ करोड र प्रतिपक्षी सांसदलाई एकमुष्ट ३५ करोड रुपैयाँ दिन लागेको बताइएको छ । सत्तापक्षका सांसदहरूसँग ५ करोडको बजेट सिलिङभित्र रहेर योजना टिपाउन भनिएको छ । यसरी वितरण गर्दा सत्तापक्षका सांसदलाई मात्रै १ अर्ब ६० करोड रुपैयाँ छुटाउनुपर्छ । यसबाहेक निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्रत्येक सांसदले २ करोडका दरले खर्च गर्न पाउँछन् ।

    यसपालिको अधिकांश बजेट सांसदले वितरण गर्ने भएका छन् । सांसदले मात्रै बाढ्ने बजेट २ अर्ब ६७ करोडभन्दा बढी पुगेको छ । मन्त्रालयको सिलिङ घटाएर सांसदमार्फत योजना छनोट गर्न थालेपछि अहिले सरकारभित्रकै दलहरू विरोधमा छन् । जसपाका सांसद तथा ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले सरकार गलत ट्याकबाट अघि बढेको बताए । उनले आफ्नो मन्त्रालयमा पहिले भन्दा १ अर्ब बजेट घटाएको गुनासो गरेका छन् ।

    ‘३० अर्बको बजेट हुँदा मेरो मन्त्रालयमा ३ अर्ब थियो । अहिले करिब ४० अर्ब पुग्न लागेको छ । सिलिङ घटाएर २ अर्बमा झारिएको छ,’ उनले भने, ‘यो राजनीतिक बेइमानी हो । टाउका गनेर पैसा दिने प्रचलनको म घोर विरोध गर्छु ।’ यसबाहेक १ अर्ब भन्दा बढी बजेट मुख्यमन्त्री र डेढ अर्ब रुपैयाँ अर्थमन्त्रीले राखेको उनको आरोप छ ।

    सांसदहरूले भने बजेट सिलिङबारे जानकारी नभएको बताएका छन् । ‘पहिलेभन्दा धेरै योजना पर्ने भनेको छ । तर सिलिङ चाहिँ दिएको छैन,’ सत्तापक्षकै एक सांसदले भने, ‘आवश्यकताका आधारमा विनियोजन भएको छ । सांसदले पनि जनताकै कुरा ल्याउने हो । यो सामान्य नै हो ।’ नीति तथा कार्यक्रम निर्माण र बजेट निर्माणका क्रममा ऊर्जामन्त्री आचार्य सहित अन्य मन्त्रीहरू समेत असन्तुष्ट छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.