• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

डा. छक्क भन्छन्– हुम्लामै बसेर सेवा गरिरहन पाउँ

  •   मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुर्खेत ।  भनिन्छ ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ कुनै पनि काम गर्न मनैदेखि इच्छा भए जस्तो सुकै अप्ठ्यारा समस्या पनि पूरा गर्न सकिन्छ । हुम्लाको दुर्गम ठाउँ सर्केगाड गाउँपालिका–४ दुलीका छक्क थापाले यो भनाइलाई प्रमाणित गरिदिएका छन् । जस्तो नाम उस्तै काम । उनले सबैलाई छक्क पर्ने काम गरेका छन् ।

    २५ वर्षीय छक्क कक्षा एकदेखि एसएलसीसम्म गाउँकै विद्यालयमा पढे । जहाँ रहे पनि उनले मिहिनेतलाई भने आप्mनो दिनचर्या बनाए । अभावैअभाव र विकटताको भुँमरीकाबीच ०६८ सालमा उनले एसएलसी दिए । उनी सम्झन्छन्, ‘रातभर दियालो, झोरो, टुकी बालेर रात कटाउथ्यौं । तर मिहिनेत गर्न छाडिन ।’ पढाइमा निकै चासो र मिहिनत गर्ने उनी १ देखि १० कक्षासम्म सधै फस्ट सेकेण्ड भए । उनले एसएलसी पनि प्रथम श्रेणीमै पास गरे । उनको मिहिनेत र लगनशीलबाट उनी अहिले डाक्टार बनेका छन् । बिपी प्रतिष्ठान मेमोरियल कलेज धरानबाट उनले एमबीबीएस पास गरेका हुन् ।

    हुम्लादेखि काठमाडौंसम्मको संघर्षदायी यात्रा
    छक्कको हुम्लादेखि काठमाडौंसम्मको यात्रा निकै संघर्षदायी छ । शहर र मोटरगाडी कहिल्यै नदेखेका छक्कका लागि काठमाडौं पुग्नु मात्रै पनि सपना थियो । सपनामा मात्रै देखेका सहरका ठुला ठुला घर, चिल्ला सडक र गाडीमोटर काठमाडौंमा उनले आँखैअघि देखे । शहरमा भएर पनि उनी ठूलो मान्छे बनेर आफ्नै ठाउँमा कहिले फर्कन पाइएला भनेर सोचमग्न हुन्थे । उनीसँग सोच्नबाहेक अरु कुनै उपाय थिएन । घरको आर्थिक अवस्था कमजोर थियो ।

    छक्कलाई डाक्टर पढ्न फलामको चिउरा चपाउनु जत्तिकै थियो । तर ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने जस्तै । घर वरपरका छरछिमेकबाट सय, हजार सक्ने जति सहयोग जुटाएर १६ वर्षीय छक्क पैदलै सुर्खेत पुगे । सुर्खेतदेखि बसमा काठमाडौँ पुगे । ‘सुर्खेत आउनुअघिसम्म नत कुनै मोटर देखेको थिए,’ उनले भने, ‘मेरा लागि सबै नयाँ थिए ।’ सर्केगाड–४ का दुलीका छरछिमेकले सहयोग जुटाएर बिदाई गर्दानै डाक्टर बनेर यो ठाउँमा आउनुपर्छ भनेर अठोट गरेको र जुन अहिले पूरा भएको उनले बताए ।

    काठमाडौं पुग्दा आर्थिक समस्या 
    छक्क काठमाडौं त पुगे तर गाउँमा जस्तै सहरका सबै मानिस मनकारी उनले पाएनन् । काठमाडौँ पुग्न जति कठिन थियो पुगेर पढ्न झनै गाह्रो भएको उनले सुनाए । उनले भने, ‘आर्थिक संकट त कति हो कति झेल्नु पर्याे । कहिले त बीचमै पढाइ छोडौं लाग्थ्यो । तर फेरि हुम्लाबासीको दुःख आँखामा आइहाल्थ्यो ।’

    उनी पढाइ खर्च जुटाउन जागिर खोज्दै हिडे । लामो प्रयासपछि अन्तः एउटा एनजिओमा काम पाए । दिउँसो एनजिओका काम र साँझबिहान पढेर उनले लक्ष पूरा गरे ।

    छक्कको लक्ष्य 
    छक्कको लक्ष्य भनेको अब दुर्गम हुम्लाबासीका पीडामा मलम लगाउनु मात्रै हो । हरेक पाटोबाट विकट हुम्लाका बासिन्दका घाउमा मलम लगाउँदै दुर्गमलाई सुगम बनाउने उनको लक्ष्य छ । उनले भने, ‘मेरो एउटै लक्ष्य र उदेश्य भनेको हुम्लामै बसेर यहाँका मानिसको घाउमा मलम लगाउने हो ।’

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.