भरतपुर अस्पतालमा उपचारका लागि आएका शंकास्पद एक व्यक्तिमा कोरानो भाइरस (कोभिड–१९) को रिपोर्ट को प्रतिक्षामा भरतपुर अस्पताल रहेको छ। भारतबाट फर्किएका एक जनालाई कोरोना भाइरस संक्रमणको आशंकामा हिजो अस्पतालको आइसोलेसन वार्डमा राखिएको उनको रिपोर्टको प्रतिक्षामा भरतपुर अस्पताल रहेको छ ।उनमा कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । भरतपुर अस्पतालका सूचना अधिकारि लिला पौडेलका अनुसार विरामीको काठमाण्डौं पठाइएको नमूना परिक्षणको रिपोर्ट अस्पतालले कुरेर बसेका छ ।








