• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नगर प्रमुखलाई सूर्यविनायक कांग्रेसको १५ बुँदे ध्यानाकर्षण

  •   बिहिबार, असार ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर । नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले सूर्यविनायक नगर प्रमुख वासुदेव थापालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिका कार्यालय कटुञ्जेस्थित प्रमुखको कार्यकक्षमा पुगेर कांग्रेस नगर कार्यसमिति सभापति निशान ढुंगेलको नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र दिएको हो ।

    ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख थापाले कांग्रेसले दिएका सुझावलाई आफूले गम्भीरतासाथ लिने बताए । ‘हामी जनताकै सेवक भएर काम गर्ने छौं’ थापाले भने, ‘तपाईंहरूले दिएका राय, सल्लाह, सुझावलाई मैले सकारात्मक रूपमा लिएको छु ।’ थापाले नेपाली कांग्रेस र एमाले मुलुकका जिम्मेवार पार्टीहरू भएको चर्चा गर्दे दुवै पार्टी विकासका बाहक भएको बताए । थापाले भने, ‘तपाईहरूले दिएका सुझावलाई मनन गरेर आगामी नगर परिषदमा समेट्ने प्रयास गर्ने छु ।’

    नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिका सभापति ढुंगेलले आफूहरूले दिएका सुझाव र ध्यानाकर्षणलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्ने बताएकोमा धन्यवाद दिए । ‘जनमुखी र जनतालाई सुख: दिने विकासका काममा सधैँ नेपाली कांग्रेसको साथ र समर्थन रहने छ,’ढुंगेलले भने, ‘आगामी नगर परिषदमा हामीले ध्यानाकर्षण पत्रमा दिएका सुझावहरूलाई विशेष ध्यान दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

    ढुंगेलले नगरपालिका‘शासक भन्दा जनताको सेवक’ बनेर अगाडि बढेमा सूर्यविनायक कांग्रेस हातमा हात मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

    ध्यानाकर्षण पत्र सूर्यविनायक नगर कार्यसमितिका सचिव विश्वराम थापाले वाचन गरेर सुनाएका थिए । कार्यक्रममा उपप्रमुख सरिता भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलको उपस्थिति रहेको थियो । ढुंगेलको नेतृत्वमा कांग्रेस सूर्यविनायक नगर कार्यसमितिका पदाधिकारीहरूलगायतको सहभागिता रहेको थियो ।

    ध्यानाकर्षणका बुँदाहरू

    १. निर्माण सुरु गरिएका तर सम्पन्न हुन नसकेर अलपत्र बनेका, बिग्रिएका सडक, पुल पुलेसा, विद्युत्, खानेपानी लगायतका पूर्वाधारका कामहरू अभिलम्ब निर्माण सम्पन्न गरियोस् ।

    २. उपभोक्ता समिति गठन गर्दा सरोकारवाला समूह, समुदायको बृहत् भेला बोलाएरमात्र उपभोक्ता समिति गठन गरियोस् । उपभोक्ता समितिका काम कारबाही पारदर्शी हुने व्यवस्था गरियोस् र सार्वजनिक सुनुवाइको व्यवस्था सुनिश्चित होस् ।

    ३. नगरपालिकाका सार्वजनिक जमिनमा भइरहेको अतिक्रमण अन्त्य गरियोस् ।सार्वजनिक जमिन संरक्षणका योजना तयार गरियोस् ।

    ४. निजी क्षेत्रले जमिन प्लटिङ गर्दा सार्वजनिक जमिन अतिक्रमण नगरियोस् ।

    ५. सूर्यविनायक नगरपालिका सबै वडामा आवतजावत गर्न सहज हुने गरी नगर यातायात सेवा सञ्चालन गरियोस् ।

    ६. प्रत्येक वडामा न्यूनतम ५ वटा बेडको अस्पताल सञ्चालनमा ल्याइयोस्। अस्पतालमा स्तरीय प्रयोगशाला तथा पर्याप्तता चिकित्सकको व्यवस्था गरियोस् ।

    ७. सामुदायिक विद्यालयहरूमा गुणस्तरीय प्राविधिक शिक्षाको व्यवस्था गर्दे विद्यालयहरूको गुणस्तर वृद्धि गरियोस् । संस्थागत विद्यालयलाई लगानी मैत्री वातावरण सृजना गर्दे व्यवस्थित गरियोस् ।

    ८. राजनीतिक आस्था तथा व्यक्तिगत प्रभावका आधारमा शिक्षकहरूबीच विभेद नगरियोस् ।

    ९. सूर्यविनायक नगरपालिकालाई प्लास्टिक झोला मुक्त नगरपालिका बनाइयोस्।

    १०. नगरको फोहर व्यवस्थापनलाई व्यवस्थित गरियोस् । महँगो फोहर संकलन शुल्क तत्काल घटाइयोस् ।

    ११. खुला दिशा मुक्त सूर्यविनायक नगरपालिका लाई सफल, सार्थक बनाउन  नगरपालिकाका सार्वजनिक स्थानहरूमा सार्वजनिक शौचालय व्यवस्था गरियोस् ।

    १२. खानेपानी समस्या देखिएका क्षेत्रहरूमा तत्काल सफा खानेपानीको व्यवस्था गरियोस् ।

    १३. चर्को कर दर घटाइयोस्, शुल्क समायोजन गरी व्यवहारिक बनाइयोस् ।

    १४. ‘जनप्रतिनिधि जनताका सेवक हुन, शासक होइनन्’ भन्ने मान्यतालाई आम नागरिकले अनुभव गर्नेगरी व्यवहारमा उतारियोस् ।

    १५. विकास योजना कार्यान्वयन गर्दा ‘अधिकतम सहमति, न्यूनतम क्षति’को नीति अपनाइयोस् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.