चितवन । भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारी शनिबार महानगरका विविध कार्यक्रमहरुमा सहभागी रहनु भयो । उपप्रमुख अधिकारीले शनिबार बिहान भरतपुर १६ बिजयनगर स्थित रक्तदान कार्यक्रम सहभागिता जनाउनु भयो । रक्तदाता समाज नेपाल र चार पाते युवा समाजले आयोजना गरेको कार्यक्रममा उपप्रमुख अधिकारीले दैनिक जस्तो रगत अभावको खबर आइरहेको स्मरण गर्दै आज गरिएको रक्तदानले रगत अभाव टार्न केही सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले यस्ता रक्तदानका कार्यक्रमले रगतको चरम अभावलाई केहि हद सम्म कम गर्ने बिश्वास पनि व्यक्त गर्नु भयो । ‘रक्तदान जीवन दान त्यत्तिकै भनिएको होइन उपप्रमुख अधिकारीले भन्नू भयो,रक्तदानको सँधैभरी महत्व छ, अहिले झन यसको कयौं गुणा महत्व छ ।’ उहाँले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुने सबैलाइ धन्यवाद समेत दिनु भयो । कार्यक्रममा महिला, पुरुष, प्रौढ लगायतका उमेर समूहका नागरिकले रक्तदान गरेका थिए ।
विभिन्न अस्पतालहरुमा ताजा रगतको अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम सयोजक अन्जन दवाडीले जानकारी दिनु भयो । कार्यक्रमा भरतपुर महानगरका शिक्षा शाखा प्रमुख महेन्द्र पौडेल,१६ नम्बर वडाका अध्यक्ष अमृत राज हमाल लगायतले मन्तव्य राख्नु भएको थियोे । यसैबीच नेपाल रेडक्रस सोसाइटी दिब्यनगर उप शाखाको २५ औ बार्सिक साधारणसभामा बोल्दै उप प्रमुख अधिकारीले भरतपुर महानगरका २९ वटै वडामा १० शैया सम्मका साना अस्पताल बनाउनु पर्ने बताउनु भएको छ ।
उहाँले भरतपुरको बिकास हुन सबै वडाहरुमा साना अस्पतालहरु बन्न जरुरी रहेको समेत बताउनु भयो । उहाँले स्वास्थ क्षेत्रको महत्त्वपूर्ण अग रेडक्रस भएको हुदा त्यहाँ उपलब्ध भएका साधन श्रोतको सहि तरिकाबाट सच्चालन गर्नु पर्नेमा पनि जोड दिनु भयो । कार्यक्रममा अमेरिकन रेडक्रसबाट सहयोग स्वरुप आएको बि ग्रेडको एम्बुलेन्सको पनि उद्घाटन गरिएको थियोे । यस्तै महानगर उप प्रमुख चित्रसेन अधिकारीले मन्टेस्वरी शिक्षा आजको आबश्यकता भएको बताउनु भएको छ ।
एसोसिएसन अफ मन्टेस्वरी (एम्स) चितवनको दोस्रो बार्सिक साधारणसभा तथा प्रथम अधिबेशनलाई आज भरतपुरमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले अहिलेको २१ औ शताब्दीमा मन्टेस्वरी शिक्षाको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।








