• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पुल निर्माणमा अवरोध गर्ने कम्पनीमाथि कारबाही गर्न स्थानीयको माग

  •   आइतबार, असार ०५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बारा । जग्गा विवाद झिकेर निर्माणधिन बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित बालगंगा नदीमा पुल निर्माण कार्य अलपत्र पर्ने सखरा हाउजिङ कम्पनी प्रालि बसुन्धरा काठमाडौंलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

    सिमरा–कोल्हवी सडकखण्ड अन्तर्गत जितपुरसिमरा उपमहानगर १२, १५ र १८ को सिमानामा पर्ने बालगगां खोलाको पुल सो कम्पनीको लापरवाहीका कारण अलपत्र परेको भन्दै स्थानीय रुष्ट बनेका हुन् । आक्रोशित स्थानीयको अलपत्र पुलको निर्माण रोक्ने सखरा हाउजिङ कम्पनीलाई वडा कार्यालयहरूबाट आवश्यक हुने कागजात रोक्का गर्न जनप्रतिनिधिहरूसँग माग गरेको थियो ।

    सो वडाका वडा अध्यक्षले समेत स्थानीयको मागलाई तत्काल सम्बोधन गर्दै उक्त कम्पनीले समस्या समाधन नगरेसम्म कम्पनीसँग सम्बन्धित कुनै काम वा सिफारिस नगर्ने बताएका छन् । जग्गा कारोबारीको नाममा खोलामा परेको जिल्ला किन्ने, मास्ने र जनताको हितको काममा अवरोध सृजना गर्ने सखरा हाउजिङ कम्पनीको कुनै काम नगर्ने नवनिर्वाचित वडा अध्यक्षहरूले बताएका छन् ।

    पुल निर्माणको काम रोकिँदा दैनिक हजारौं सर्वसाधारण जनताले दुःख पाएको भन्दै स्थानीयहरूले कम्पनीविरुद्ध संर्घषमा उत्रिने घोषणा गरेको छन् । वर्षायामसँगै बाढी र डुवानका कारण आवागमनमा समस्या भोग्दै आएका स्थानीयले आवागमनलाई सहज पार्न सम्बन्धित पक्षलाई पटकपटक ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेको स्थानीयको भनाइ छ ।

    स्थानीयले पुल निर्माणको लागि दवाव दिने उद्देश्यले वडा नम्बर १८ बडहर्वाका राजेश भण्डारीको अध्यक्षतामा ३४ सदस्य संघर्ष समिति गठन गरेको छ ।गत चैत मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने गरी निर्माण भइरहेको पुल आफ्नो जग्गामा परेको भन्दै डिभिजन सडक कार्यालय हेटौंडाको विरुद्ध २७ माघ २०७७ सखरा हाउजिङ कम्पनी प्रा‍लि बसुन्धरा काठमाडौंले जिल्ला अदालत बारामा मुद्दा हालेको थियो ।

    कम्पनीले साविक डुमरवाना गाविस- ४ को कित्ता नम्बर ४३४ को १ बिघा र कित्ता नम्बर ४३५ को ३ कठ्ठा जमिन मध्ये १ बिगाह १ कठ्ठा जमिनमा पुल बनेको दावी गरेको छ । कम्पनीको तर्फबाट कलैया उपमहानगरपालिका- २४ सखुईका रामेश्वरप्रसाद यादवले मुद्दा दर्ता गराउएका थिए । उनले प्रतिकठ्ठा ११ लाख क्षतिपूर्ती माग दावी गरेको बताइएको छ । सोही मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत बाराले पुल निर्माण कार्यमा रोक लगाउँदा पुल अलपत्र परेको स्थानीय हरिचन्द्रप्रसाद यादवले बताए ।

    विचाराधीन अवस्थामा रहेको मुद्दा चाँडो किनारा लगाई सर्वसाधारणले पाएको सास्ती अन्त्यका लागि आवश्यक पहल गरिदिन जनप्रतिधिहरूलाई आग्रह गरेका छन् । पुल निर्माण कार्य चाँडै सम्पन्न गर्नुपर्ने स्थानियहरुले बताएका छन् ।

    करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा भूमाफियाहरूको चलखेलले गर्दा उपमहानगरवासीले आफ्नै पालिकाको केन्द्रसम्म पुग्न लामो र जंगलको जोखिमपूर्ण यात्रा तय गर्नुपर्ने अवस्था रहेको वडा नम्बर १८ का जगदिप कोइरालाले बताए ।

    काठमाडाैँमा बसेर यहाँका खोलाको जमिन सस्तोमा किनेर जनतालाई नै दुःख दिने हाउजिङको कारोबार शंकास्पद रहेको भन्दै स्थानीयले छानबिन गर्न माग गरेका छन् । ठूला जग्गा कारोबारीहरूले सरकारका प्रतिनधिहरूसँगको सेटिङमा खोलामा परेको जग्गा सस्तोमा किनेर मोटो रकम क्षतिपूर्ति लिने गरेको उनीहरूले आरोप लगाए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.