• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सडक व्यवस्थापनले धनगढीको सवारी जाममा कमी

  •   सोमबार, असार ०६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी । केही महिना अघसम्म कार्यालय समय सुरु हुने समय र बिदा हुने समयमा धनगढी स्थित मुख्य सडकको एल.एलचोकदेखि अस्पताल लाइनसम्म दैनिक सवारी जाम हुने गर्दथ्यो । पछिल्लो ५ महिनामा भने त्यसतो समस्या केही कम भएको छ । मुख्य बजार क्षेत्रमा सवारी जाममा पर्ने अवस्था आएको भन्दै नागरिकको गुनासो हुने गरेको भए पनि अहिले सो समस्या केही कम भएको हो ।

    मुख्य बजार क्षेत्रमा मनोमानी पार्किङ गर्ने सवारी धनीलाई कारवाही गर्ने र विद्युतिय रिक्सामा निर्माणका सामाग्री बोक्न रोक लगाएपछि अहिले सो समस्या कम भएको प्रहरीको भनाइ छ । ‘बजारमा जथाभावि सवारी पार्किङ गरेर सडक साँघुरो बनाउने, अनि सडकमै ठेला व्यवसाय सञ्चालन गरेर नागरिकको भीड लगाउने क्रम बढेका कारण सवारी जामको अवस्था आएको थियो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज वकिल सिंहले भने, ‘तर अहिले हामीले सडकमा जथाभावि सवारी पार्किङ गरे ह्वील लक गर्ने, जरिवाना तिराउने जस्ता काम गरेर जथाभावि पार्किङ गर्न रोक लगाएका छौं, यसका साथै सडकमा ठेला व्यवसाय सञ्चालन गर्न नदिंदा सवारी जाम केही घटेको छ ।’

    विद्युतिय रिक्सामा निर्माण सामाग्री बोकेर सडकको क्षेत्र धेरै आगट्ने गरेका कारण पनि सवारी जाम हुने गरेको भनदै उनले मुख्य सडकका विद्युतिय रिक्सालाई अहिले निर्माण सामाग्री बोक्न नपाउने व्यवस्था गरिएको उनले बताए । सवारी जाम हुनुमा कर्मचारीले राम्ररी ड्युटि पुरा नगर्नुपनि कारण देखिएको उनि बताउँछन् । ‘ड्युटिमा खटिएका कर्मचारी सितलमा गएर बस्ने, कसैसंग गफमा भुलिने गरेको पाइयो,’ ट्राफिक इन्चार्ज सिंहले भने, ‘अहिले ट्राफिकको ड्युटिमा पनि कडाई गरिएको छ, कतै समस्या परेमा क्यू.आरटी टोलीले तत्कालै त्यहा पुगेर समस्या समाधान गर्ने गरेको छ, जस्का कारण अहिले सडक जाम हुने अवस्था आएको छैन, तर दिन प्रतिदिन बढ्दै गएको सवारी चापलाई यहाँको सडकले धान्ने अवस्था भने छैन ।’

    उनले ६ लेन सडक खण्डमा विद्युतिय रिकसा चल्न बन्द गरिनुपर्ने बताए । विद्युतिय रिक्साका कारण ६ लेन सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै उनले सो क्षेत्रमा रिक्सा सञ्चालन गर्न नपाइने गरी तत्काल कार्यविधि बनाइनु आवश्यक रहेको बताए । बढ्दो सवारी चापलाई व्यवस्थित गर्न नसक्दा सवारी जाम संगै दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढीको मुख्य बजार क्षेत्रमा चल्ने अटो रिक्सामा जोर बिजोर प्रणाली समेत लागु गरेको थियो । यसैगरी ६ लेन सडक खण्डको चटकपुर क्षेत्रमा पार्किङ गरिंदै आएका ट्याङ्करलाई नेष्नल ट्रडिङ हाउस धनगढीको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिएको छ ।

    सवारी जामको समस्यालाई मध्यनजर गर्दै ६ लेन सडक खण्डको चौराह क्षेत्रमा राखिएका डिभाईडर समेत प्रहरीले हटाइउन लगाएको छ । ‘डिभाइडरको भित्र पट्टी ठेला व्यसाय सञ्चालन गरिदा सडक अबरुद्ध हुने स्थिती बन्यो,’ सिंहले भने, ‘डिभाईडर बाहिर सवारी साधन पार्किङ गरिदा पुरै सडक जाम हुने देखिएपछि डिभाइडर हटाइएको हो, अव सडकमा ठेला व्यवसाय गर्न पाइने छैन, चौराह क्षेत्रमा यात्रु चढाउने र ओराल्न (पिक एण्ड ड्रप) पार्किङका लागि सार्वजनिक सवारी ५ मिनेट बढी रोक्न नपाइने व्यवस्था गरिएको छ ।’

    उनले धनगढीमा जथाभावि सवारी पार्किङ गरेको पाइएमा सवाहरीको ह्वील लक गर्ने गरिएको बताए । ट्राफिक इन्चार्ज सिंहले ६ लने सडकमा लेन अनुसार सवारी चलाउन पनि अनुरोध गरेका छन् । अहिले सवारी धनिले आफ्नो साईड भन्दा विपरित दिशाबाट पनि सवारी सञ्चालन गर्ने गरेको भन्दै उनले त्यसो गरेको पाइएमा अव कारवाही गरिने बताए ।

    सिंह ट्राफिक प्रहरी प्रमुख भएर धनगढी आएसंगै उनले सवारी व्यवस्थापनलाई कडाई गर्दै आएका छन् । ट्राफिक कार्यलय आउनु अघि सिंहले धनगढीको वडा प्रहरी इन्चार्जका रुपमा काम गरेका थिए । वडामा काम गर्दा उनले ट्राफिकमा भएका समस्या राम्ररी बुझ्ने मोका समेत पाएका थिए । जसका कारण ट्राफिक व्यवस्थापनमा सहज भएको उनी बताउँछन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.