विश्वोको यो सानो छेउमा
जन्मिएर अहिले
केही जन्ने सिक्ने इच्छा
नराख्नु र मैले?
अघि बढ्न खोज्दा बाधा
भोगिरहेछु जहिले
आत्मनिर्भर बन्छु भन्दा
किन नपाउने मैले?
छोरा छोरी सबै बराबर
भन्दैछ्न नि सबैले
कुराकुरामा असहज महसुस
गरिरहेछु मैले।
एउटै कोखका सन्तान हामी
दिदी भाइ हौं नाताले
तर पहिलो स्थान जहिले
किन पाउँछौ तिमीले?
पाइट टिसर्ट लगाइ बाहिर
मात्र के निस्केथे
समाजका सबै मलाई
आँखा तरिरहेथे।
तिमी रातभर घर नआउँदा
ढुक्क सबै देखिन्थे
मैले एकछिन ढिलो गर्दा
किन जवाफ माग्थे।
अबपनि कहिले सम्म
हामी पछि पर्ने
आफ्नो हकको लागि अब
आफैं नै हो लड्ने।
उठौँ जुटौँ दिदीबैनी
देशमा क्रान्ती ल्याउने
महिला मैत्री वातावरण
अब हाम्ले बनाउने।








