• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने अभियान

  •   मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । खोटाङको धार्मिक तथा ऐतिहासिक स्थल मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने अभियान थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रहेको गढीलाई बहुवर्षे फूल रोपेर ‘फूलको पहाड’ बनाउने अभियान थालिएको हो । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई, नेता विष्णुुकुमार राई, डिभिजन वन कार्यालय खोटाङका निमित्त प्रमुख जगदीश रेग्मी, सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सचिव सूर्यबहादुर राई, महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राई, सुरक्षाकर्मी, देविस्थान सामुदायिक वन उपभोक्ता समूह लगायतको सहकार्यमा मंगलबार फूलका बिरुवा रोपेर ‘फूलको पहाड’ बनाउने अभियानको सुरुवात गरिएको हो ।

    ‘फूलको पहाड’ बनाउने अभियानको पहिलो दिन जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपी सल्ला, जाइ, कपुर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँस लगायतका पाँच सय बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । दिक्तेलको हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि मझुवागढी पुगिन्छ । मझुवागढी, कालिका भगवती मन्दीर आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पैदलमार्ग आसपासमा फूल रोपेर आकर्षक बनाउने महत्वकांक्षी परिकल्पना गरिएको छ ।

    फूलैफूलको डाँडा बनाएर आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गर्नका लागि ‘फूलको पहाड’ बनाउने अभियान थालिएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष राईले बताए । ‘सुन्दर ठाउँ, वनजंगल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिएको देखिन्छ । यहाँ तीनवटै चिज एकै ठाउँमा छ । यहाँ मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्यर महादेव र त्यसको बीचमा सामुदायिक वन छ,’ अध्यक्ष राईले भने, ‘फूलको बगैंचा निर्माण गर्न सकियो भने मझुवागढीको पर्यपर्यटन विकासमा सघाउ पुग्नेछ ।

    त्यसको फाइदा नगरपालिकालाई हुनेछ ।’ मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलको पहाड’ बनाउने योजना छ । आवश्यक गुरुयोजना तयार पारेर ‘फूलको पहाड’ बनाउने साझा सपना पुरा गरिने सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सचिव राईले बताए । ‘मझुवागढीलाई फूलैफूलको डाँडा बनाएर पर्यटन प्रवर्द्धन गर्ने सपना हो फूलको पहाड,’ महासंघका प्रदेश सचिव राईले भने, ‘यसका लागि आवश्यक गुरुयोजना बनाएर बाँकी अघि बढ्छ ।

    हाललाई फूलको बृक्षारोपण अभियान सञ्चालन सुरु गरिएको हो ।’ चारैतिर हरियाली जंगलले घेरिएको गढीमा घुमफिर गर्ने, पिकनिक जाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्नेसम्मका स्थानीय पुग्ने गरेका छन् । अग्लो डाँडा भएका कारण टाढा–टाढाका दृश्यावलोकनकालागि समेत स्थानीय मझुवागढी उक्लिने गर्छन् ।

    यसबाहेक मझुवा कालिका भगवतीको दर्शन गर्न र भाकल पूरा गर्न आउनेको भीड दैनिक लाग्ने गरेको छ । गढीमा हरेक वैशाख पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने प्रचलन छ । भगवती मन्दिरमा कहिलेकहीँ दैनिकजसो बाख्राको पाठी बली दिने गरिन्छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.