• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

खर्च गर्न नसकेको कान्जी हाउसको बजेट बढाएर एक करोड, सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड

  •   शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ३४ करोड ५४ लाख ३५ हजार बराबरको बजेट ल्याएको छ ।

    अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आउँदो वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने व्यवस्था बमोजिम यो बजेट आएको हो । पालिकाले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

    कृषि, पर्यटन, सहकारी जस्ता आर्थिक विकासको क्षेत्र जोड दिई रोजगारी सृजना र आयआर्जन वृद्धिमा योगदान पुर्‍याउने कार्यक्रम सञ्चालन गर्ने, नगरको सौन्दर्यीकरण, सरसफाइ, वातावरणीय संरक्षण तथा पर्यावरणीय प्रवर्द्धन कार्यमा जोड दिने, संस्थागत विकास र सुशासन प्रवर्द्धनमा जोड दिई नागरिक मैत्री सेवा प्रवाह गर्नेलाई प्राथमिकतामा लिएको छ । प्राथमिकतालाई कार्यान्वयन गर्न संघीय सरकार, प्रदेश सरकार र दातृ निकायहरू, निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्ने नगर उपप्रमुख उमा अधिकारीले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा उल्लेख छ ।

    नगर उपप्रमुख अधिकारीले संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, आन्तरिक आयबाट समेतबाट गरी उक्त बराबरको बजेट ल्याएकी हुन ।

    अधिकारीले बजेट तथा कार्यक्रमका मुख्य उद्देश्यहरू मानव विकासलाई केन्द्रमा राखी नगरको दैनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने, वातावरण संरक्षण र पूर्वाधार दिगोपना हुने गरी निर्माण गर्ने, विकासका संवाहकको समुचित परिचालनद्वारा आर्थिक विकास, सन्तुलित र समावेशी विकासमा टेवा पुर्‍याउने रहेको बताइन् । नगरपालिकाले बहुवर्षीय तथा क्रमागतमा रहेका योजनाहरूलाई सम्पन्न गर्ने र दिगो एवं वातावरणमैत्री हुने गरी आधारभूत सहरी पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिने बताएको छ ।

    तत्कालीन मेयर हरि प्रसाद अधिकारीले आर्थिक वर्ष २०७८–७९को बजेटमा नगर क्षेत्रभित्र अव्यवस्थित रूपमा छाडिएका छाडा चौपाया व्यवस्थापनका लागि ५४ लाख ५० हजार विनियोजन गरेका थिए । एक वर्षमा समस्या समाधान हुने दाबीका साथ नगरपालिकाले लाखौँ रुपैयाँ लगानी गर्ने योजना बनाए पनि आर्थिक वर्ष सकिन लाग्दा कान्जी हाउस कहाँ बनाउने बारे टुङ्गो नै लागेपछि सो रकम खर्च भएको छैन, सोही शीर्षकमा अहिले १ करोड बजेट विनियोजन भएको छ ।

    नगरपालिकाले ज्येष्ठ नागरिक आश्रय/मिलन केन्द्र स्थापना गर्न १० लाख र सडक मानवमुक्त नगर बनाउन ३ लाख बजेट विनियोजन गरिएको छ । यस्तै छाडा चौपाया व्यवस्थापन गर्न कान्जी हाउस निर्माणका लागि १ करोड विनियोजन गरिएको छ ।

    बोटानिकल गार्डेनको डिपिआर निर्माणको लागि २० लाख र निर्माणाधीन नगर पालिकाको लागि ५ करोड ८० लाख विनियोजन गरिएको छ । यसैगरि नगर पालिकाले पशुपन्छी विकासतर्फ गाई भैसीको स्वच्छ दूध उत्पादन, चापाकटर वितरण, विभिन्न खोप सेवा, कृत्रिम गर्भाधानका लागि सामग्री तथा तरल नाइट्रोजन खरिद तथा ढुवानी, घाँसको बिउँ वितरण, नश्ल सुधारका लागि बोका वितरण, भकारो सुधार, गोठ सुधार, रोग नियन्त्रण तथा बाख्रापालन तालिम, माछाको भुरा तथा दाना वितरण, मिनरल तथा भिटामिन वितरण कार्यक्रम र कुकुर बन्ध्याकरणका लागि एकमुष्ट ४६ लाख ७५ हजार विनियोजन गरेको छ  ।

    नगर प्रमुख इश्तियाक अहमद खाले नगरपालिकाले विकास निर्माण काममा साना टुक्रे योजनालाई निरुत्साहित गरी ठूला र देखिने खालका योजना सञ्चालन गर्ने नीति लिएको जनाए । नगरलाई क्लिन सिटी, ग्रिन सिटी र वातावरण मैत्रीको रूपमा विकास गरिनेछ। सिद्धार्थनगरलाई सधैँ हराभरा तथा वातावरणीय सन्तुलन राख्न नगर क्षेत्र भित्र रहेका सार्वजनिक स्थलहरूमा वृक्षारोपण कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिने जनाएका छन् । नगरपालिकाले आजै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मेयर सामूहिक विवाह कार्यक्रम गरी फजुल खर्च नियन्त्रण गर्ने जनाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.