काठमाडौँ । भारतको मराठी भाषामा निर्माण हुँदै आएको फिल्म उद्योगका अभिनेता आशुतोष भाकरेले आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
३२ वर्षका आशुतोष महाराष्ट्रको नान्देडस्थित घरमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको शव उनकै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो । मराठी फिल्म उद्योगमा उनको आत्महत्याले शोक छाएको छ ।
आशुतोष फिल्म तथा टिभी अभिनेत्री मयुरी देशमुखका श्रीमान् हुन् । उनीहरुको विवाह सन् २०१६ मा भएको थियो ।
आशुतोष मराठी फिल्म उद्योगमा चर्चित थिए । उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन ।








