कास्की । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र मातहतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । आज लेखनाथ सिटि हस्पिटल र हिमालय आंँखा अस्पताल, पोखराको सहयोगमा उक्त स्वास्थ्य परीक्षण गरीएको हो ।
कास्कीमा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीको ब्लड प्रेसर, सुगर र आखाँको स्वास्थ्य चेकजांँच गरी स्वास्थ्य परामर्श प्रदान गरीएको कार्यालयले जानकारी दिएको छ ।
ट्राफिक प्रहरी अन्य प्रहरीहरु भन्दा बढी बाह्य प्रदुषणमा खटिनु पर्ने र धेरै मानिसहरुको सम्पर्कमा रही कार्य सम्पादन गर्नुपर्ने भएकोले ट्राफिक कार्यमा थप चुस्तता ल्याउन स्वास्थ्य परीक्षण गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयो ।









