हेटौँडा । विरामि बोक्ने एम्बुलेन्सलाई गलत ढंगबाट सञ्चालन गरेको भन्दै मकवानपुर प्रहरीले आज एक एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । नक्कली बिरामी बनाएर काठमाण्डौँ जाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भीमफेदीले उक्त एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो । भिमफेदी हुँदै काठमाडौं जाँदै गरेको ना ३ च ६५८६ नम्बरको एम्बुलेन्सलाइ जाच गर्दा एम्बुलेन्समा रहेको बिरामी नक्कली, उनिहरु काठमाण्डौँ जानको लागि आएका यात्रु रहेको पाईएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा चामल,पिठो र दालको बोरा फेला परेको समेत प्रहरीको भनाई रहेको छ ।








