काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १४ हजार २४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२७ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म ७२.६७ प्रतिशत संक्रमितहरु निको भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट ५२ जनाले ज्यान गुमाईसकेका छन् । बुधबार पर्साका २ जना र मोरङका १ जनाको मृत्युपछि कोरोना पुष्टि भएको होे । यस्तै, मुलुकका ५ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा। गौतमकाअनुसार भोजपुर, रसुवा, संखुवासभा, मुस्ताङ र मनाङमा कोरोना संक्रमित भेटिएका छैनन् ।








