काठमाडौँ । वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । मेयर सरावगीले भनेका छन्, ‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु । काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ ।’ कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताएका छन् । बिहीबार बिहान उनको संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणको यो घडीमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासीलाई मेयर सरावगीको आग्रह छ ।








