• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सप्तकोसी नदी कटानले दर्जनौं बस्तीका चार हजार घरपरिवार उच्च जोखिममा

  •   शुक्रबार, असार १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् ।

    बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ । नदीले धार परिवर्तन गरी बेलका नगरपालिका– ८ को लाहुरे खोच र डुम्रिबोटेमा कटानलाई तीवता दिएका छन् ।

    नदी तटीय क्षेत्रका स्थानीयवासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको स्थानीयबासी बताउँँछन् । नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्य भागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी धेरै मात्रामा जनधनको क्षति पु¥याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रूपमा गर्दा सप्तकोसी किनाराका हजारौंँ बासिन्दालाई घरबारविहीन बनाइसकेको छ ।

    पछिल्लो समय सप्तकोसीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गर्दा बेलका नगरपालिका– २, ३, ८ र ९ उच्च जोखिममा परेको छ । सप्तकोसीले धार परिवर्तन गरी गत वर्ष उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोचमा कटान गरी नदी पस्न लागेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष चार हजार घरपरिवार उच्च जोखिममा परेका हुन् ।

    सप्तकोसीमा पानीको बहाव बढेसँगै कटान तीव्र रूपमा बढेकाले त्यस क्षेत्रका बासिन्दा जोखिममा परेको हो । कोसीले गत वर्ष ६ सय मिटर कटान गरेको थियो भने केहीयता आएको बाढीले पुनः थप तीन सय मिटर कटान गरि सकेको छ । करिब दुई सय मिटर कटान गर्न बाँकी छ । दुई सय मिटर कटान भएमा सप्तकोसीले नयाँ मार्ग बनाएर त्यहाँ बसोबास गर्ने चार हजार घर परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुने बराह क्षेत्र नगरपालिका– ६ का निवर्तमान वडा सदस्य श्यामबहादुर लिम्बूले बताए । ‘तत्काल रोक्न थाम गर्न नसके बेलका नगरपालिकाका– २, ३, ८, ९ बराहक्षेत्र नगरपालिका– ६  सहित सप्तरीको फत्तेपुर, कन्चनरुपम, भारहद, राजविराज हुँदै कुनैली नाका भएर नदी बग्ने छ,’ उनले भने ।

    सप्तकोसी कटानले गर्दा बराह क्षेत्र नगरपालिका– ६ चिलिया टप्पुमा रहेको बाल सेवा आधारभूत बिद्यालय, जनता आधारभूत बिद्यालय, कौशिका आधारभूत बिद्यालय बेलका नगरपालिका– ३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित २ वटा स्वास्थ्य संस्था बिस्थापित भइसकेको लिम्बूले बताए । त्यहाँ रहेको एकता, सिर्जना, एबिसी, गिनेरी, रामनगर, बुधवारे, चिलिया टप्पु बिस्थापित हुने तयारीमा रहेको उनको भनाइ छ । सप्तकोसीको चारवटा भगालो छ । पूर्वपट्टिको भगालोले राजाबास चक्रघट्टीतर्फ कटानलाई तीव्र बनाएको छ भने पश्चिमपट्टिको भगालोले उदयपुरतर्फको चिलिया टप्पुमा क्षति पु¥याएको छ । सबैभन्दा खतरा पश्चिम भगालो हो । यसले उदयपुर, सप्तरीको अधिकांश भागमा क्षति पु¥याउँछ ।

    सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेपछि बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित १० नम्बर नोज स्पर (बाँध) कटान गर्न थालेपछि स्थानीयबासी चिन्तित भएका हुन् । कोसीमा पानीको बहाव घटबढ हुने क्रम जारी रहेकाले कमजोर बनेको स्पर १० को मर्मत सम्भार तत्कालन थाल्न माग गरेको छ ।

    गत वर्ष निरन्तरको वर्षाका कारण नदीमा बढेको पानीको बहावले स्परको करिब ६० मिटर भाग कटान गरेपछि अस्थायी रूपमा मर्मत गरिएको थियो । तर अहिले त्यो अस्थायी बाँध बाढीले बगाइसकेको छ । सो क्षेत्रमा कोसीले कटान गरेको भागमा मर्मत नहुँदा त्यहाका स्थानीयमा बाढीको त्रास बढेको हो । कोसीको पानीको सतह लगातार बढ्ने क्रममा रहेकाले कटान गरेका हुन् । कटान भएको ठाउँमा थप कटान रोक्न स्थानीयवासीले जिल्ला बिपद् व्यवस्थापन समिति उदयपुरसँग अनुरोध गरेको छ ।

    कटान गरेको क्षेत्रमा  प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुखहरू बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की स्थानीय सरोकारवालाहरूले स्थलगत अनुगमन गरी कटान रोक्नमा निगरानी गरी तत्काल मर्मत गर्न प्रदेश सरकार, प्रदेश योजना आयोग, नेपाल सरकार र भारत सरकारलाई आग्रह गर्ने निर्णय गरी जानकारी गराएको बेलका नगरपालिकाका नगर प्रमुख कार्कीले जानकारी दिए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.