काठमाडौँ । कुवेत सरकारले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । एक अगस्टदेखि अन्तराष्टिय उडान शुरू गर्ने भनेपछि कुवेत सरकारले नेपाल लगायत विभिन्न देशका नागरिकका लागि प्रबेशमा रोक लगाएको हो । बीबीसीका अनुसार नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, इरान र फिलिपिन्सका विमान कम्पनी र नागरिकलाई आफ्नो देशमा प्रबेश गर्न रोक लगाएको हो । तर अन्य देशका नागरिकलाई भने कुवेतले प्रबेशमा रोक लगाएको छैन । कुवेतले नेपाली नागरिकलाई प्रबेशमा रोक लगाएकोमा नेपाल सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन ।








