• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

खानीडाँडा–याम्खा सडक कालोपत्रेको लागि स्ट्रक्चरको काम सुरु

  •   शनिबार, असार १८, २०७९ मा प्रकाशित
  • खानीडाँडा–याम्खा सडक कालोपत्रेका लागि स्ट्रक्चरको काम गर्दै कामदार । तस्बीरः दमन राई
    • अ
    • अ
    • अ

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने सडक कालोपत्रेको प्रारम्भिक चरणका काम थालिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित खानीडाँडा विमानस्थल जोड्ने १५ किलोमिटर लामो सडक कालोपत्रेका लागि स्ट्रक्चरको काम थालिएको हो । सडक कालोपत्रेका लागि प्रारम्भिक चरणका काम गर्न चालु आर्थिक वर्ष संघीय सरकारको समपुरक अनुदान २ करोड ५ लाख र प्रदेश सरकारको समपुरक अनुदान १ करोड विनियोजन गरिएको थियो ।

    कालोपत्रेको पुर्वतयारीमा सडकको स्ट्रक्चर ग्याविन, होमपाईप, मेसिनरी ड्रेन लगायतका स्ट्रक्चरको काम गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सव–इन्जिनियर राजन खत्रीले बताए । कुल बजेट ३ करोड ५ लाख भए पनि निर्माण कम्पनी रामसागर–बिकेएसके जेभीले २ करोड २१ लाख ७ हजार ३५३ मा कालोपत्रेको प्रारम्भिक चरणको कामका लागि ठेक्का पारेको थियो । सो ठेक्काको सम्झौता म्याद आगामी २३ असारमा सकिने गाउँपालिकाले जनाएको छ ।

    बिमानस्थलदेखि याम्खा सडक कालोपत्रेका लागि गाउँपालिकाले २० फागुन २०७८ मा ठेक्का आव्हान गरेको थियो । सडक कालोपत्रेको थप काम गर्न आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकारबाट १ करोड ७० लाख, प्रदेशबाट १ करोड र प्रदेश भौतिक मन्त्रालयबाट २५ लाख बजेट विनियोजन भएको छ । साझेदारी योजना अन्तरगत सोही सडकका लागि गाउँपालिकाकातर्फबाट २ करोड विनियोजन गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई विमानस्थल र सदरमुकाम दिक्तेलसँग नजिक बनाउनका लागि छोटो दुरीको खानीडाँडा–याम्खा सडक निर्माण सुरु गरिएको थियो ।

    खानीडाँडा–याम्खा सडक २४ भदौ २०७४ मा याम्खाको राटमाटामा आयोजित कार्यक्रममा तत्कालिन गाउँपालिका अध्यक्ष (हाल कांग्रेस प्रदेश महामन्त्री) प्रमुख भूपेन्द्र राईले शिलान्यास गरेका थिए । सो सडकका कारण याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई सदरमुकाम आउजाउ गर्ने सवैभन्दा छोटो बाटो खुलेको छ । २०७२ सालमा सडक बिभागबाट प्राप्त ८ लाख बजेटले कालेपत्रे गर्ने लक्ष्य सहित याम्खा–खानीडाँडा सडकको डिपिआर तयार पारिएको थियो ।

    सडक बिभागको ६ लाख अनुदानमा २०७२ सालमा खानीडाँडातर्फबाट ट्रयाक खोल्न सुरु गरिएको सडकका लागि २०७४ सालमा ७५ लाख विनियोजन गरेपछि याम्खातर्फबाट ट्र्याक खोल्ने काम सुरु गरिएको थियो । कांग्रेस नेता राईकै अवधारणा अनुसार बनेको सडक गाउँपालिकाभित्रका विरामीलाई खानीडाँडा विमानस्थल हुँदै सुविधा सम्पन्न अस्पताल पुर्‍याउनका लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.