• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पर्यटक तान्दै सिन्धुपाल्चोकको भूत छाँगा

  •   सोमबार, असार २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुपाल्चोक । सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भूत । भूत भन्ने बित्तिकै मान्छेको मन तर्सिन्छ । सिन्धुपाल्चोकमा एउटा यस्तो छाँगा छ, जसको नाम भूत छाँगा राखिएको छ । नामले उक्त छाँगामा जाने आट धेरैले नगर्लान् । तर, नाम अनुसारको ठाउँ भने देखिँदैन ।

    सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासागाँचोकगढी नगरपालिका वडा नम्बर ७ मगुवामा अवस्थित छ भूत छाँगा । ओझेलमा पर्दै गएको भूत छाँगाले पछिल्लो समय ह्वात्तै पर्यटक तान्न थालेको छ ।

    सदरमुकाम चौताराबाट करिब सात किलोमिटरको दूरीमा रहेको यो छाँगामा जानेहरूको अहिले लर्को लाग्ने गरेको छ । वरिपरि हरिया पहाडी जंगलले घेरिएको कोप्चो गहिरो ठाउँ, झण्डै ८० फिटमाथिबाट खसेको पानीको फोहोरा, सानो बगरले जो कसैलाई पनि आनन्दित तुल्याउँछ ।

    गर्मी समय भएकाले छाँगामा रमाउन टाढाटाढाबाट मानिस पुग्न थालेका छन् । र, उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट छाँगाको प्रचार गर्न थालेसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न यस छाँगामा पुगेको बताएका छन् ।

    हाइकिङका लागि पर्यटकको रोजाई

    हाइकिङका लागिसमेत सिन्धुपाल्चोकको यो क्षेत्र उपयुक्त छ । असार १९ गते शनिबार द वाकर्सको  टोली काठमाडौंबाट चौतारा सदरमुकाम आइपुग्यो । सदरमुकाम चौतारा बजारबाट आकर्षक हजार सिँढी उक्लँदै आरामदायी यात्रासँग पुग्न सकिने ६७ फिट अग्लो बुद्धपार्क हुँदै गौरातीमन्दिर भ्रमण गरी टोली चौतारा तिरै फर्कियो । चौतारा हुँदै  त्यहाँबाट उनीहरू झण्डै सात किलोमिटरको यात्रापछि भूत छाँगा झरना पुगे ।

    १५ जनाको टोलीसहित झरनामा पुगेका काठमाडौं महानगरपालिकाका विनोद कार्कीले यहाँ घुम्न आउँदा रमाइलो लागेको बताए । उनी भन्छन्, ‘फेसबुकमा फोटो देख्दा घुम्न मन लागेको थियो । शनिबारको फुर्सदको मौका पारेर टोलिनै आयौँ । छाँगामै पुगेर नुहाउँदा निकै रमाइलो लाग्यो ।’

    काठमाडौंकै राजेश शर्माले पनि झरना घुम्ने अवसर मिलेकोमा खुसी लागेको बताए  । ‘पहिला पनि चौतारा आएका थियौं । तर, यहाँ यस्ता रमणीय ठाउँ छन् जस्तो लागेको थिएन । अहिले त बुद्ध पार्क देखियो । गौरती भीमसेन मन्दिरसँगै भूत छाँगा पुगियो । धेरै रमाइलो लागेको छ,’ उनले भने ।

    पछिल्लो समय विभिन्न ठाउँबाट समेत पर्यटक घुम्न आउन थालेका छन् । धेरै त टिकटक बनाउन र फोटो खिच्नका लागि मात्र झरना पुग्छन् । अहिले यो झरना बालकदेखि युवायुवतीको प्रमुख रोजाइ नै बनेको छ । एकाएक आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएपछि चौतारा सागाँचोकगढी नगरपालिकाले छाँगालाई व्यवस्थित बनाउन थालेको भूत छाँगा व्यवस्थापन समिति अध्यक्ष नीराजन थापा मगरले बताए ।

    चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष उमा प्रसाद दुलालले भूत छाँगामा पर्यटकको चहलपहल बढ्न थालेपछि पूर्वाधार विस्तारको काम पनि थालिएको बताए । ‘हामी यहाँ घुम्न आउने पर्यटकलाई मध्यनजर गरेर सडक, बाटोघाटो, अन्य पूर्वाधारको विस्तार गर्दै व्यवस्थित बनाउन योजनामा अघि बढेका थियौं,’ उनले भने ।

    खाना खाजा खाने स्थल, पिकनिक स्पोर्ट बनाएर थप व्यवस्थित गर्न सकियो भने आन्तरिक र बाह्य पर्यटकको गन्तव्य नै बन्न सक्ने द वाकर्स ग्रुपका सन्दीप शाक्यले बताए ।

    चौतारा अहिले भर्जिन पर्यटकीय गन्तव्यको रूपमा  विकास हुन थालेको छ । सुकुटे आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई एक दिन एक रात राख्ने योजना नगरपालिकाको छ । साँगाचोकको गढी, इर्खुको रानीपोखरी, भूत छाँगा, कदमबासको प्याराग्लाइडिङ गराई बुद्ध पार्क, गौराती मन्दिर हुँदै हर्लङबर्लङ मन्दिर दर्शन गराई त्यहाँको चमेरो गुफा देखाउने र ओख्रेनिको चिया बगान हुँदै होम स्टेको आनन्द दिने नीति नगरपालिकाले ल्याएको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.