काठमाडौँ । अभिनेता दयाहाङ राई र निरञ्जली लामाको अभिनय रहेको ‘बल्ल बल्ल भेट भो’बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द र संगीत रहेको उक्त गीतमा दीपा लामा र तेम्बा शेर्पाले स्वर दिएका छन् । मिलन चाम्सको निर्देशनमा तयार भएको भिडियोमा दयाहाङ र निरञ्जलीको डान्स हेर्न सकिन्छ । । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यस्तै, सुदीप बरालको छायाँकन रहेको भिडियोलाई ध्रुबराज पराजुलीले सम्पादन गरेका हुन् ।








