• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

वर्षाले लमजुङका अधिकांश ग्रामीण सडक अवरुद्ध

  •   शनिबार, असार २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ  । करोडाैं रुपैयाँ खर्चेर निर्माण गरिएका लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध भएका छन् । केही दिनयताको वर्षा र त्यसपछि आएको खहरेले यहाँका सडक नै बगाएपछि यातायातका साधान चल्न छाडेका हुन् ।

    सडक अवरुद्ध भएसँगै सदरमुकाम र गाउँबीचको सम्पर्क टुटेको छ भने यस्ता सडकमा सवारीसधान नचलाउन यातायात व्यवसायीले सूचना जारी गरेका छन् । व्यवसायीहरूले ग्राभेल गरेका सडकमा मात्रै यातायातका साधान सञ्चालन गर्न निर्देशन दिएका छन् । सदरमुकाम बेँसीसहरबाट पूर्वी क्षेत्रको तार्कुघाट, पश्चिम लमजुङको दुराडाँडा, कोइरालाफाँट, उत्तरी लमजुङको खुदी, भुलभुलेसम्म यातायात सेवा सञ्चालनमा रहे पनि अन्य सडकमा यातायात सेवा ठप्प जस्तै भएको लमजुङ कालीका यातायातका काउन्टर प्रमुख खुसीराम बरालले बताए ।

    उनले भने, ‘केही ग्रामीण क्षेत्रमा सञ्चालन भएका सवारीसाधन पनि सडक भत्किएका कारण गन्तव्य पुग्न कठिन छ ।’ यातायात समितिले कुनै पनि अप्रिय घटना हुन नदिन र सडकको अवस्थालाई ध्यान दिँदै फलेनी, ढोडेनी, पाचोक, नौथर, भलायखर्क, भोर्लेटार, गिलुङ, सालमेभञ्ज्याङ, भोजे, जिता, घेर्मु, स्यांगे, च्याम्चे, गाँउसहर, जगतलगायत स्थानहरूमा यातायात सेवा बन्द गरेको लमजुङ कालिका यातायातका काउन्टर प्रमुख बरालले बताए ।

    १४ सयमध्ये दुई सय किलोमिटर मात्रै सञ्चालनमा

    पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरीले जिल्लाभर कुल १४ सय किलोमिटर ग्रामीण सडक निर्माण भए पनि मुस्किलले दुई सय किलोमिटर सडकमा मात्र गाडी चल्ने गरेको बताए ।

    ‘स्थानीयले सडकको अपनत्व नलिएसम्म ग्रामीण भेगका सडकको हालत उस्तै हुन्छ,’ उनले भने, ‘सबै ठाउँमा सरकारको मुख ताक्ने प्रचलनले बर्सेनि जनताले सडक सास्ती खेप्नुपरेको छ ।’ उनका अनुसार जिल्लामा ३० किलोमिटर सडक मात्र कालोपत्रे छ बाँकी दुई सय २० किलोेमिटर ग्राभेल गरिएको छ ।

    करोडौँको लगानी बालुवामा पानी

    हरेक वर्ष बेँसीसहर जोड्ने विभिन्न सडकको अवस्था नाजुक हुनेगर्छ । गाउँपालिका र नगरपालिकाले सडक निर्माण र मर्मतका लागि करोडौ बजेट विनियोजन गर्दै आए पनि सडक निर्माणपछि समयमा अनुगमन तथा निरीक्षण नहुँदा विकासे बजेट बालुवामा पानी खन्याए जस्तै भएको छ । ‘करोडौँ बजेट खन्याएर सडक बनाइन्छ तर सडक निर्माणसँगै नाला नकाट्दा बगाउनेगर्छ ।’ कांग्रेस जिल्ला सभापति डा. टकराज गुरुङले भने, ‘स्थानीय तहले सडक निर्माण गर्ने ठेकेदारलाई सडक र नाला सँगसँगै निर्माण गर्न लगाउनुपर्छ ।

    गण्डकी प्रदेशमा काँग्रेसका सांसद कुँवरले दिए राजीनामा
    महावीर पुनको पोखराका मेयरलाई जवाफ- प्राथमिकता कता हो !
    तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.