• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गुणस्तरहिन बन्यो अक्सिजन प्लान्टको ट्रस

  •   शनिबार, असार २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ ।  स्थानीयले जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल तरिकाले बनाएको गुनासो गरेका छन् । प्रदेश सरकारको १ करोड ५० लाखमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कच्चा तरिकाले बनेको गुनासो गरेका हुन् । जिल्लामै अक्सिजन उत्पादनका लागि जडान गरिएका उपकरण सही देखिए पनि ट्रस भने कमसल बनेको भन्दै सर्वत्र विरोध सुरु भएको छ ।

    अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको छ । तर टाँसिएको भागमा पर्खाल लगाइएको छैन । सिंगल इँटाको पर्खाल धकेल्दा ढल्ने खालको बनाइएको छ । ट्रसमाथि कागजजस्तो पातलो जस्ताको छाना हालिएको छ । पर्खालभन्दामाथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको देखिएको छ ।

    ‘क्वालिटी’को ट्रस भवन नबनेकाले भवनको भुक्तानी रोक्न भनिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । ‘कागजजस्तो छाना नहाल । कुखुरा खोर बार्नेजस्तो तार जाली नहाल भनेको, टेरेन,’ जिसस प्रमुख राईले भने, ‘क्वालिटीको भवन नबनेकाले भुक्तानी रोक्न कुरा गरिरहेकाछौँ । भुक्तानी गर्नुपर्ने भए भवनको बाँकी राखेर भुक्तानी गर्न सकिन्छ ।’

    अक्सिजन प्लान्टको ट्रस निर्माणका क्रममा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले आवाज नउठाएका होइनन् तर निर्माण कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको बताइन्छ । जिल्ला अस्पतालको निर्माणाधीन भवनको निर्माण सामग्री ओसार पसारका क्रममा ओहोर दोहोर गर्ने हेभीवेट गाडीको थर्कनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने खतरा पनि उत्तिकै रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

    ‘कमजोर संरचना बनेको छ । धकेल्दा ढल्ने पर्खाल छ । मान्छे छिर्न सक्ने ठाउँ छ । कागजजस्तो जस्ता हालिएको छ । जाली पातलो छ । पर्खाललाई अडेसा लगाएर बनाइएको छ,’ मेयर भट्टराईले भने, ‘यस बारेमा छानबिन हुनुपर्छ, बदमासी गरेको रहेछ भने निर्माण व्यवसायीलाई कारबाही हुनुपर्छ ।’

    अक्सिजन प्लान्ट जडानका लागि नौ फर्मको आवेदन परेकामा मुन रक्स इन्टरनेशनलले ठेक्का पारेको हो । ट्रस भवन निर्माणका क्रममा पटक–पटक गुणस्तर कायम गर्न सुझाव दिइए पनि ‘हुन्छ–हुन्छ’ भन्दै टारेको जिल्ला अस्पतालका प्रमुख डा. नितु लामाले बताइन् । अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि शुक्रबार मेयर भट्टराई, जिसस सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राई लगायतको टोलीले निरीक्षण गरेको छ ।

    मुन रक्स इन्टरनेशनल प्रालिका सञ्चालक अशोक धमलाले भने ट्रस बनाउने डिजाइन नभएको दाबी गरे । अक्सिजन प्लान्टको उपकरण ल्याउने र इन्स्टलेसन मात्र आफ्नो दायित्व भएको धमलाले बताए । ‘हाम्रो काम उपकरण सप्लाइ गर्ने र इन्स्टलेसन मात्र हो काम बाँकी अस्पतालको हो,’ धमलाले भने, ‘उपकरण प्रोटेक्टका लागि ट्रस बनाइदिएका हौं ।’

    अक्सिजन प्लान्टको अनुगनकाक्रममा ट्रस ‘कम्प्लेट’ गर्न बाँकी देखिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर कुशल दाहालले बताए । ‘ट्रस बनाउने दायित्व कम्पनीकै हो,’ दाहालले भने, ‘कम्प्लेट गर्न बाँकी देखिन्छ । पुरा गर्नुपर्छ ।’

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.