नवलपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा समस्याको समाधान नभएको गण्डकी प्रदेशका मुख्य मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वी सुब्बा गुरुङले बताएका छन ।
शनिवार नवलपुरको कावासोतीमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टि एकिकरण भएको दुई वर्ष पनि नपुग्दै प्रधानमन्त्री र पार्टि अध्यक्ष दुवै पदबाट राजिना माग्नु समस्याको समाधान नभएको औल्याए ।
‘हामि पार्टिको कुराले प्रधानमन्त्री र पार्टि अध्यक्षको राजिनामा हुनुपर्छ भनेका छौ तर यसले समस्याको समाधन नभइ पार्टीमा अझ समस्या बल्झीने खतरा देखिन्छ’ मुख्य मन्त्री गुरुङले भने । उनले अब सहमतीको एकता महाधिवेशन गर्ने र उक्त महाधिवेशन नहुदा सम्म पार्टीमा दुइ जना नै अध्यक्ष रहने गरि सहमति गर्नु आवस्यक रहेको बताए ।

उनले उपाध्यक्ष वामदेव गौंतमले विवाद समाधानका लागि राखेको प्रस्तावमा आफु पुर्ण रुपमा सहमत रहेको बताउदै अहिले प्रधानमन्त्रीलाइ हट्न पर्छ भन्नु नाजायज कुरा भएको बताए । ५ बर्षका लािग म्याण्डेट पाएको सरकारलाइ बिचैमा हटाउँदा जनतामा राम्रो सन्देश नजाने भन्दै पार्टीको विवादले जनतामा असर पर्न नहुने समेत बताए ।








