काठमाडौँ । पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायका अनुसार शनिबार राति गरिएको पीसीआर परीक्षणमा १४ महिला र ३१ पुरुष गरी थप ४५ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु ५ देखि ६० वर्ष उमेरका छन् । संक्रमण पुष्टि भएका ४५ जना मध्ये ४३ जना वीरगन्ज महानगरपालिकाका हुन् । संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । यस्तै, बीरगन्ज महानगरपालिकाका मेयर बिजयकुमार सरावागीको परिवारमा पनि कोरोना सक्रमण देखिएको छ । कन्ट्याक्ट ट्रेसिङ गर्दा सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै पर्सामा संक्रमितको संख्या ५०७ पुगेको छ । यसअघि शुक्रबार राति पनि पर्सामा एक सांसद सहित ६४ जनामा संक्रमण पुष्टि भएको थियो ।








