• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘प्रकाशले सबै नेपाली युवाको कथा बोल्छ’

  •   शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अहिलेका चर्चित अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ नेपाली माटोको कथा बोलेको कमर्सियल फिल्म भएको दाबी गरिएको छ । आज (शुक्रबार) चितवनमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र लेखक बिकास सुवेदी र अभिनेता खड्काले ‘प्रकाश’ कमर्सियल फिल्म भएको दाबी गरेका हुन् । उनले जुम्ला जस्तो बिकट ठाउँको कथा उठाएकको भन्दैमा फिल्मलाई ‘नन कमर्सियल’ भन्न नमिल्ने बताए । लेखक सुवेदीले ‘प्रकाश’ सबै नेपालीको साझा कथा भएको बताए ।

    फिल्ममा जुम्लाका एक विपन्न युवाले सरकारी शिक्षकको जागिर खान गर्नुपरेको संघर्षलाई देखाईए पनि यो कथा सबै नेपाली युवाहरुको जीवनसँग मेल खाने उनले दाबी गरे । ‘प्रकाश सबै नेपालीको साझा कथा हो । नेपालमा बसेर केही गर्छु, सरकारी जागिर खान्छु भन्ने युवाहरुको कथा हो’, उनले भने । जुम्ला जस्तो नेपालको पिछडिएको क्षेत्रको युवाले सरकारी जागिर खाने सपना देख्दा कस्ता अवरोधहरुको सामना गर्नुपर्छ भने कथा फिल्ममा उठाईएको उनको भनाइ छ ।

    सुगम क्षेत्रको तुलनामा जुम्ला जस्तो दुर्गम क्षेत्र संघर्ष गर्नु कति कष्टपूर्ण हुन्छ भन्ने बिषयलाई फिल्मको माध्यमबाट देखाउन खोजिएको उनले बताए । जुम्ला जाँदा देखिएको कष्टकर जीवनलाई फिल्मको माध्यमबाट बाहिर ल्याउनुपर्छ भन्ने सोचका साथ ‘प्रकाश’ लेखिएको लेखक सुवेदीले बताए । उनले फिल्ममा प्रदीपले आफ्नो ‘कम्फर्ट जोन’ भन्दा बाहिर निस्किएर काम गरेको बताए । ‘कम्फर्ट जोन’ बाहिर निस्किएर पनि प्रदीपले फिल्ममा राम्रो काम गरेको उनको भनाइ थियो ।

    उनले नेपाली माटोको कथा रुचाउनेले फिल्मलाई पनि रुचाउने विश्वास व्यक्त गरे । अभिनेता प्रदीपले पनि फिल्ममा आफ्नो कम्फर्ट जोन भन्दा बाहिर निस्किएर फरक भूमिका निर्वाह गरेको बताए । उनले ‘प्रकाश’ बाट आफुले कलाकार बन्ने प्रयास गरेको बताए । यस अघिका फिल्ममा हिरोको रुपमा अभिनय गरेको भन्दै उनले ‘प्रकाश’ मा कलाकार बन्ने प्रयास गरेको बताए । फिल्मको वान लाइन सुनेर नै आफु काम गर्न तयार भएको बताए । ‘फिल्मको कथा के हो ? पात्र के हो ? केही थाहा थिएन । एउटा विद्रोह भयो, द्धन्द भयो ।

    त्यसले एउटा व्यवस्था लिएर आयो । त्यसमा यस्ता कमि कमजोरी छन् जसले अर्को विद्रोह निम्त्याउन सक्छ भन्ने लाइनले म काम गर्न तयार भए । मैले गरेको कामले भविष्यमा निम्तिन सक्ने समस्या देखाउन सक्छ भने यो जस्तो गतिलो चिज केही दिन सक्छु जस्तो लागेन । त्यसैले मैले गरे । त्यो समस्या के हो फिल्म हेरेपछि थाहा पाईन्छ’, प्रदीपले भने । उनले ‘प्रकाश’ आफ्नो लागि निकै चुनौतीपूर्ण भए पनि त्यसलाई अवसरको रुपमा लिएर राम्रो काम गर्ने प्रयास गरेको बताए ।

    फिल्मका लेखक, निर्माता र निर्देशकले ‘प्रकाश’ को पात्रमा काम गर्न हौसला दिएको उनले बताए । उनले आफ्नो यस अघि प्रदर्शन भएका ६ वटा फिल्म भन्दा ‘प्रकाश’ व्यवसायिक रुपमा पनि सफल हुने विश्वास व्यक्त गरे । भाद्र १० गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘प्रकाश’ लाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । फिल्मका निर्देशक दिनेश राउत हुन् ।

    फिल्ममा प्रदीपसँगै दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडालगायतको पनि अभिनय छ । फिल्ममा दुई करोड भन्दा बढी लगानी गरिएको निर्माण पक्षको दाबी छ । जुम्लामा खिचिएको फिल्मको टिजर र दुई वटा गीत सार्वजनिक भइसकेको छ । जसले दर्शकबाट राम्रो प्रतिकृया पाइरहेको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.