गैंडाकोट, नवलपुर जिल्लास्तरिय म्याथम्याटिकल ओलम्पीयाड प्रतियोगिता अक्फोर्ड कलेज गैंडाकोटमा सम्पन्न भएके छ । प्रतियोगितामा प्रथम प्रशान्त सुबेदी , द्धितिय बलिराम ढकाल , तृतिय सागर ज्ञवाली हुन सफल भएका छन् ।२९ जना प्रतिस्पर्धी सहभागि भएको कार्यक्रमबाट १४ जना विद्यार्थी राष्ट्रिय स्तरिय म्याथम्याटिकल ओलम्पीयाड प्रतियोगितामा सहभागिताका लागि छनौट भएको गैंडाकोट ईङलिस स्कुलका प्रधानाध्यापक एवम कार्यक्रम संयोजक हिरालाल अर्यालले जानकारी दिए । उनले व्यवहारिक जिवनमा महत्वपूर्ण रहेको गणित बिषयसंग सम्बन्धित रहेको बिषयमा अन्र्तराष्ट्रिय रुपमा नै विद्यार्थी प्रतिस्पर्धामा जानु गौरवको बिषय रहेको बताए । त्यस्तै म्याथम्याटिकल एसोसियसन अफ नेपालका अध्यक्ष दिपक बास्तोलाले ४० वटा जिल्लामा म्याथम्याटिकल ओलम्पीयाड प्रतियोगिता संचालित रहेको बताए । उनले जिल्लास्तरिय प्रतियोगिताबाट छनौट भएका १०० जना विद्यार्थी राष्ट्रिय हुदै अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागि बन्ने बताए । यस्तै कार्यक्रमका प्रमुख अतिथि प्यावसन नवलपुरका कार्यवाहक अध्यक्ष दिपक रावतले यस्ता कार्यक्रमले विद्यार्थीहरुले सिक्ने अवसर प्राप्त गर्छन् भन्दै आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।








