• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बुटवल उपमहानगरकाे बेरुजु ११ करोड

  •   आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । रुपन्देहीका १६ वटै पालिकामा ५३ करोड २१ लाख १६ हजार बेरुजु देखिएको छ । बुधबार राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको कार्यालयले बुझाएको ५९औँ वार्षिक प्रतिवेदनमा रुपन्देहीका सबै पालिकामा बेरुजु देखिएको उल्लेख छ ।

    एक उपमहानगर, पाँच नगर र १० गाउँपािलका रहेको रुपन्देहीमा वर्ष २०७७/७८मा गरिएको ५५ अर्ब ४७ करोड २८ लाख सात हजारको लेखापरीक्षण गरिएको थियो । लुम्बिनी प्रदेशको प्युठान जिल्लाका दुई पालिका मल्लरानी र सरुमारानी आर्थिक वर्ष २०७७-०७८ मा बेरुजु शून्य बनाउनेमा देशभरमै पहिलो बने पनि रुपन्देहीमा भने सबै पालिकामा बेरुजु देखिएको छ ।

    बेरुजु देखिनेमा सबैभन्दा बढी मर्चवारी गाउँपालिका रहेको छ । ९० करोड ६६ लाख ६९ हजारको लेखापरीक्षण गरिएकोमा ६ करोड ९९ लाख ६४ हजार बेरुजु देखिएको छ, जुन ७ दशमलव ७२ प्रतिशत हो । त्यस्तै सम्मरीमाई गाउँपालिका दोस्रोमा छ । एक अर्ब नाै करोड ६८ लाख ७५ हजार को लेखा परीक्षण गरिएकोमा तीन करोड ३० लाख २१ हजार अर्थात् ३ दशमलव ०१ प्रतिशत बेरुजु देखिएको छ ।

    यस्तै एक मात्र उपमहानगरपालिका रहेको बुटवलमा भने २ दशमलव  ७३ प्रतिशत बेरुजु देखिएको छ । चार अर्ब ३५ करोड ३४ लाख ७६ हजारको लेखापरीक्षण गर्दा ११ करोड ८९ लाख ७ हजार बेरुजु देखिएको छ । रकमको हिसाबले गर्दा बुटवलमा सबैभन्दा बढी बेरुजु देखिएको छ ।

    यस्तै तिलोत्तमामा सात करोड २० लाख ४२ हजार, देवदहमा दुई करोड ४० लाख १९ हजार, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ७६ लाख ६८ हजार, सिद्धार्थनगर नगरपालिकामा दुई करोड ५५ लाख २२ हजार, सैनमैना नगरपालिकामा ९८ लाख ६ हजार बेरुजु देखिएको छ । पालिकातर्फ ओमसतियामा एक करोड ४ लाख ३६ हजार, कंचनमा दुई करोड ८२ लाख ८९ हजार, कोटहीमाईमा एक करोड १६ लाख ८४ हजार, गैडहवामा दुई करोड ७८ लाख ३० हजार, मायादेवीमा तीन करोड ३६ लाख १२ हजार, रोहिणीमा एक करोड ८२ लाख ४१ हजार, सियारीमा एक करोड ९९ लाख ६७ हजार र शुद्धोधनमा दुई करोड ११ लाख आठ हजार बेरुजु देखिएको छ ।

    यस्तै भैरहवास्थित भीम अस्पतालमा पनि वर्ष २०७७-७८ मा ४१ करोड ८५ लाख ६२ हजारको लेखापरीक्षण गर्दा ४१ लाख ९७ हजार बेरुजु देखिएको छ । समग्रमा स्थानीय तहतर्फ यो वर्ष लेखापरीक्षण अंकको तुलनामा ४.१८ प्रतिशत बेरुजु रहेको छ , । गत वर्ष यस्तो बेरुजु लेखापरीक्षण अंकको तुलनामा ५ प्रतिशत रहेको थियो । स्थानीय तहतर्फ गत वर्ष सात अर्ब ५१ करोड ३७ लाख सम्परीक्षण भएकोमा यो वर्ष १० अर्ब ५८ करोड ८७ लाख सम्परीक्षण भएको छ । महालेखा परीक्षकले आर्थिक वर्ष २०७६-०७७ मा बक्यौता रहेका ५५ स्थानीय तहकोसमेत लेखापरीक्षण गरी कुल ७५३ स्थानीय तहको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ।

    बेरुजु भनेको अनियमितता र भ्रष्टाचार नरहे पनि नीतिसंगत काम नभएको भन्ने हो । ऐन, नियम र कार्यविधिअनुसार काम नभएपछि बेरुजु देखिने गरेको छ । पालिकाहरूले नीतिसम्मत काम गरे बेरुजु शून्य बनाउन सकिन्छ, जसकाे उदाहरण यस प्रदेशकै दुई पालिका रहेको छ । कानुन बनाएरमात्र खर्च गर्ने परिपाटीको विकास गरे, प्रक्रियागत रूपमा काम कारबाही भएको, खर्चमा पारदर्शिता, प्रचलित कानुनको पूर्ण पालना गरे बेरुजु शून्य बनाउन सकिन्छ ।

    रुपन्देहीका पालिकाहरूले उपभोक्ता समितिमार्फत काम गरेकोले पनि बेरुजु देखिएको छ । ती समितिहरूलाई काम, कर्तव्य र अधिकारका बारेमा प्रष्ट गरेर मात्रै कार्यसम्पादन गर्नुपर्छ । बेरुजु शून्य बनाउनेमा अघिल्लो वर्ष प्युठानकै झिमरुक गाउँपालिका लुम्बिनी प्रदेशमा पहिलो र नेपालकै सातौँ गाउँपालिका भएको थियो । यस वर्ष सरुमारानी र मल्लरानी गाउँपालिका नेपालकै पहिलो गाउँपालिका बनेका हुन् ।

    बजेट योजना कार्यान्वयन, राजस्व प्रशासन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, संस्थान सञ्चालन तथा व्यवस्थापन, लेखांकन प्रतिवेदन तथा आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा नियमन, वित्तीय संघीयता कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार व्यक्ति तथा संस्थाले जवाफदेहिता बोध नगर्ने र उक्त अनुशासनमा नरही लापरवाही तरिकाले कार्यसम्पादन तथा रकम परिचालन गर्दा बेरुजु बढ्ने अर्थविद्हरूको भनाइ छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.