• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कामै नगर्ने निर्माण कम्पनीकाे म्याद थप्न चलखेल

  •   आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । विस्तारको क्रममा रहेको बुटवल चौराह-गोलपार्क सडककाे म्याद असारसम्म थियो । तर तोकिएको समयसीमासम्म निर्माण कम्पनी द कञ्जनजंघा-विरुवा जेभीले काम गर्न सकेन ।

    प्रतिबद्धताअनुसार गएको मंसिरदेखि उसले सडक निर्माणको काम अघि बढायो । अनेक उल्झन र अवरोधले समयमै काम हुन नसकेको सडक विस्तारको कामले गति लिएपछि स्थानीय तहको चुनावमा दलहरूले मुद्दा बनाए । चुनावपछि काम तीव्र गतिमा अघि बढे पनि सकिएन । अहिले पहिलेको प्रतिबद्धताअनुसार निर्माण कम्पनीलाई म्याद थप्न लबिङ सुरु भएको छ । ठेकेदार कम्पनीकाे म्याद थप गर्ने लविङमा बुटवल उपमहानगरप्रमुख खेलराज पाण्डे अग्रस्थानमा छन् ।

    भित्रभित्रै म्याद थपको लविङमा लागेका मेयर पाण्डे बाहिर सडक निर्माणमा कम्पनीले ढिलासुस्ती गरेको भन्दै सूचना प्रवाह गराएका छन् । निर्माण कम्पनी द कञ्जनजंगा विरूवा जेभी दुवै सत्तारुढ कांग्रेस निकट निर्माण व्यवसायी हुन् । पार्टी आवद्धताको प्रयोग गर्दै निर्माण व्यवसायीहरू गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री पत्नी आरजु राणासम्मको ढोका ढकढक्याउन भ्याइसकेका छन् । विरुवाका सुमित श्रेष्ठ कांग्रेसका प्रभावशाली नेतासँग पहुँच बनाएका व्यवसायी हुन् । उनी स्वंय कांग्रेसको बाग्मती प्रदेशको राजनीतिमा क्रियाशील छन् ।

    बुटवल उपमहानगर र संघीय सरकारमा कांग्रेसको सत्ता भएका प्रभावशाली नेताहरूसँग पहुँच बनाउन सफल निर्माण कम्पनीको म्याद थप निश्चित भइसकेको सडक विभागका अधिकारीहरू बताउँछन् । त्यसैका लागि सार्वजनिक खरिद ऐनको नियमावलीको १२औं संशोधन भई बाटो खोलिएको छ ।

    बुटवल चौराह-गोलपार्क सडक निर्माण समयमै नगरेर अस्तव्यस्त बनाएको विरुवाले यसअघि बुटवल-बेलहिया सडक निर्माणको काम अलपत्र छाडेको बुटवल-बेलहिया व्यापारिक मार्ग आयोजनाका प्रमुख दिपककुमार झाले बताए ।
    पडसरीमा पनि केही वर्षदेखि बाँकी रहेको काम अलपत्र छ । १८ असार २०७८ मा प्रमुख जिल्ला अधिकारीको संयोजनमा सरोकारवाला सरकारी निकाय र निर्माण कम्पनीबीच भएको बैठकमा १० दिनभित्र बेलहिया र पडसरीको बाँकी काम सक्ने निर्माण कम्पनीका प्रतिनिधिले लिखित प्रतिबद्धता जनाएका थिए । तर त्यो प्रतिबद्धता कार्यान्वयन भएन । चौराह-गोलपार्क सडकको काम पनि २०७९ असार मसान्तसम्म सक्ने गरी द्रुत गतिमा गर्ने सहमति भएको थियो । त्यो सहमतिलाई बेवास्ता गरेर निर्माण कम्पनी राजनीतिक लबिङमा लागेको छ ।

    यसअघि बुटवल उपमहानगरपालिका मेयरमा एमालेका शिवराज सुवेदी थिए । उनकै कारण सडक अस्तव्यस्त भएको प्रचार अहिलेका मेयर पाण्डेसहितका कांग्रेस नेताले गरे । चुनावी प्रचारमा यही प्रपोगण्डा तीव्र भयो । कांग्रेसका मेयरका प्रत्यासी पाण्डेले चुनाव जिते । अहिले मेयर भएपछि तिनै पाण्डे नियत ठीक नभएको निर्माण कम्पनीलाई बोकेर हिँडेका छन् ।

    सडक विस्तारका क्रममा सडक क्षेत्राधिकार मिचेर बनाइएका घरहरू भत्काउन तिनै पाण्डेले अवरोधको नेतृत्व गरेका थिए । सडक क्षेत्राधिकार मिचेर बनाइएका घरधनीलाई बोकेर काठमाडौंसम्म पुगेका मेयर पाण्डे बुटवल उपमहानगरपालिकाको आयोजना झैं गरी यो सडक निर्माणको काम असार मसान्तसम्म सकिने सार्वजनिक कार्यक्रममा बोल्दै हिँडे । अहिले सडक निर्माणको काम त सकिएन नै । अस्पताल लाइनको एकतर्फी एक सय मिटर पीच गर्न एक महिनादेखि सडक बन्द गरिएको छ । त्यसले यहाँको यातायात आवागमन अस्तव्यस्त भएको छ । दुर्गा मन्दिरदेखि अस्पताल लाइनसम्म पहिलेका साना खाल्डाखुल्डी पुर्न भन्दै मिस्कट राखेपछि समयमै अरु काम नहुँदा झन ठूला खाल्डाखुल्डी परेका छन् । अस्पताल लाइनको सडक पहाडी क्षेत्रको कच्ची सडकझैं भएको छ ।

    आयोजनाका प्रमुख झा निर्माण कम्पनीको नियत ठीक नभएकाले अहिले अस्तव्यस्त भएको बताए । ‘अब उसको म्याद थप्दा मात्रै काम हुने हो, म्याद थप भएन भने यो सडक फरक ढंगले अघि बढ्छ,’ उनले भने, ‘अहिले काम गर्छु भनेर प्रतिवद्धता जनाइरहेको छ, म्याद थप्ने काम सडक विभागको काम हो ।’

    यो सडक विस्तारका लागि निर्माण कम्पनीले १७ चैत २०७३ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार १२ असाेज २०७६ सम्म काम सक्नुपर्ने समयसीमा भए पनि सडक क्षेत्राधिकार मिचेर घर बनाएकाहरूको अवरोधले काम अघि बढ्न सकेन । घरधनीहरूले सडक विस्तार रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । रोकिएको सडक विस्तारको काम अघि बढाउन अदालतको फैसला आएपछि काम अघि बढ्यो । २०७६ असोजको समयसीमा सकिएपछि २०७९ असारसम्म म्याद थपिएको थियो । सडक विस्तारमा भइरहेको ढिलासुस्तीले बुटवलको व्यापार व्यवसाय चौपट भएको छ । बुटवलमा आवागमन सहज नहुँदा महंगो भाडा तिरेर व्यवसाय गरेका व्यवसायीहरू निराश बनेका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.