पोखरा । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षण र अन्य प्रदेशका कोरोना परिक्षण गर्ने निकायबाट ढिलागरि प्राप्त भएका प्रतिबेदनका आधारमा प्रदेशमा नयाँ १९ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा नवलपरासीका ९ जना, कास्कीका ४ जना, बाग्लुङका २ जना, तनहुँका २ जना र गोरखाका २ जना रहेका छन् । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र आईसोलेसनमा लैजाने तयारी भैरहेको डा। विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५१९ पुगेको छ । जसमा एक हजार १३०४ जना उपचारपछि निको भैसकेका छन् । यसअघि दिउँसो प्रदेशमा २० जनामा संक्रमण देखिएको थियो ।








