• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मानव तथा वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण कसरी गर्ने ?

  •   बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पृथ्वीको दीगो भविष्यका निम्ति पारिस्थितिक प्रणाली (Ecosystem) को सन्तुलनका अवयवहरू  भुगोल/ धरातल, प्राणी/मानव जीवन, प्रकृति, वनस्पति,मौसम तथा पर्यावरण/ वातावरण जस्ता पक्षको स्थीरता महसुस गरि बिश्व समुदायले चासोका साथ विभिन्न प्रकारका नीति, कार्यक्रम तथा परियोजनाहरु लागु गरिरहेको देखिन्छ। सर्वश्रेष्ठ प्राणी भनिएको मानवका क्रियाकलापहरु ; वन बिनाश/क्षयिकरण, बड्दो शहरिकरण,औधोगिकररण,जिवास्म इन्धनको बड्दो प्रयोग, विषादीयुक्त कृषि उत्पादन तथा भु- उपयोग नीति लगायतका कारणले अनियमित वर्षा,खडेरी,हिमपात,कृषि उत्पादनमा विचलन, प्राकृतिक प्रकोप, इन्धनको अभाव, विभिन्न प्रकारका प्राणी तथा वनस्पतिको लोप हुदै गएकाले वन तथा जैविक विविधता संरक्षण, कृषि,खाध सुरक्षा, जनस्वास्थ्य, जलस्रोत तथा सौर्य उर्जा उत्पादन, फोहोरमैला व्यवस्थापन र प्रदुषण नियन्त्रण, जलवायु परिवर्तन अनुकुलन तथा न्युनिकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास भइरहेको देखिन्छ।

    ‌सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा विश्वको बाघ पाइने १३ देशले बाघको सङ्ख्या बढाउने प्रतिबद्धता ब्यक्त गरे। नेपालमा प्रथम पटक सन् २००८/०९ को सर्वेक्षणमा १२१ वटा बाघ तथ्याङ्कले देखाउँछ, सन् २०१४ मा बाघ सर्बेक्षण हुँदा १९८ रहे पनि सन् २०१७/१८मा पाटे बाघको सङ्ख्या २३५  पुगेको देखिन्छ। जसमा ५ निकुञ्ज मध्ये पर्सामा १८, चितवनमा ९३, बाँकेमा २१, बर्दियामा ८७, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ पाएकोमा यस ४ वर्षमा ३७ वटा बाघ बढेकोले पछिल्लो ४ वर्षमा १५ वटा मात्र बढाउन सके पनि सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर (२५०)  वटा  पुर्याउन नेपाललाई कठिन नहुने अनुमान बाघ बिज्ञ हरु बताउछन्।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार निर्धारित लक्ष्यमा पुग्न बाघको आहारा, बासस्थानमा ध्यान दिनु पर्ने भए पनि मानव र वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण गर्न बढ्दो जनसंख्या र शहरिकरण सङगै चोरि तस्करी नियन्त्रण मुख्य चुनौती रहेको देखिन्छ। साथै बाघको सङ्ख्या बढ्दै जाँदा वनको बासस्थान छोडी बाहिर मानव वस्तीमा आउने र विभिन्न किसिमका दुर्घटना हुन सक्ने देखिन्छ । ‌पछिल्लो समय राप्ती नगरपालिका तथा समग्र चितवन जिल्ला भित्र बाघको शृङ्खलावद्ध आक्रमणका कारण चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरुमा त्रास बढ्दै गएको छ ।

    जंगल क्षेत्र बाघको बासस्थान भएकाले निकुञ्ज वा सामुदायिक वन प्रवेश गर्दा व्यक्ति स्वयंले सावधानी अपनाउनै पर्छ । सकभर वन क्षेत्रमा प्रवेश नगर्ने, जानै परे समूहमा जाने, बाघको ताजा पाइला वा दिशा छ/छैन निरीक्षण गर्ने, झाडी र खोल्साहरुमा चनाखो हुने, लाठी लिएर हिँड्ने र जतिबेला पनि रुख चढ्नु पर्ने अवस्था आउन सक्छ भनेर तयार रहन सके केही हदसम्म बाघको आक्रमणबाट बच्न सकिन्छ । मानव तथा वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण गर्न राष्ट्रिय निकुञ्जको प्रशासन, सुरक्षा निकाय, मध्येवर्ती संरक्षण क्षेत्र, सामुदायिक वन, स्थानीय तह तथा बासिन्दाहरू सबै सजग बनि सचेतना फैलाउदै बाघ तथा वन्यजन्तुआतंकबाट जोगिन सावधानी अपनाउनुको विकल्प छैन ।

    वन हेरालु वा निरीक्षकको पर्याप्त ब्यवस्था गरि वन क्षेत्रमा सिमित अवधिका लागि खुल्ला गर्ने वा सुरक्षामा खटिएका जनशक्तिलाई साधन स्रोत र प्रविधिमैत्री बनाउन आवश्यक छ। आफ्नो आनीबानी परिवर्तन गरौँ, बाघको आक्रमणबाट बचौँ र अमुल्य जीवन बचाउ ! (लेखक गुरुङ इलाका प्रहरी कार्यालय, भण्डाराका प्रमुख एवं प्रहरी निरिक्षक हुन्)

    शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती
    व्यक्ति विशेष: डिजिटल नेपालको नेतृत्व गर्ने सपना बोकेका केशव नेपाल
    विचार: सूचना प्रविधि, सुशासन र विकास

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.