चितवन । चितवनमा एकैदिन १२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १२ जना नयाँ संक्रमित फेला परेका हुन् । पछिल्लो २४ घण्टामा ६३ जनामा पिसिआर र पाँच जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।
जस मध्ये पिसिआर परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरु मध्ये ११ जना भरतपुर महानगरपालिका भित्रका हुन् भने अर्का एक कालिका नगरपालिकाका हुन् । यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ ।
जस मध्ये २४ जना होम आइसोलेसनमा छन् भने दुई जना भरतपुर अस्पतालको आइसोलेसनमा रहेका छन् । हालसम्म चितवनमा ३३ हजार ५९७ जनामा कोरोना पुष्टि भइसकेको छ । उनीहरु मध्ये ३३ हजार १२२ जना निको भएका छन् ।








