काठमाडौँ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल, दैलेख र चौरहजारी नगरपालिका पिसिआर प्रगोगशाला, रुकुमपश्चिममा गरिएको परीक्षणमा ६ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा दैलेखका २ जना, सुर्खेतका २ जना र रुकुमपश्चिमका २ जना रहेका छन् । योसँगै प्रदेशमा कुल संक्रमितको संख्या एक हजार ९४५ पुगेको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने १ हजार ७२८ जना निको भएर घर फर्किएका छन् ।








