आन्तरिक राजश्व कार्यालय नवलपुरमा करदाताको संख्या बढ्दो रहेको छ । चालु आर्थिक वर्षमा मात्र व्यक्तिगत र व्यवशायि प्यान नम्बर लिनेको संख्या २६ हजार ४ सय ५२ पुगेको कर कार्यलय नवलपुरले जनाएको छ ।
ब्यक्ति गत प्यान नम्बर ४ हजार १२ जना रहेका छन । मदिरा को ईजाजत लिने र भ्याट मा दर्ता हुने क्रम समेत बढ्दो रहेको करकार्यलय प्रमुख अमृत अधिकारीले बताए । भरतपुर आन्तरिक राजश्व कार्यालयको सेवा कार्यालय भएको हुदा केहि करदाताहरुले भरतपुरमै कर बुझाउने गरेको बताए । गत बर्ष ५२ करोड ९६ लाख ८१ ह्जार राजश्व सङकलन भएको थियो । भने चालु आर्थिक बर्षको ८ महिनासम्ममा ४९करोड ३० लाख २४ हजार राजश्व सङकलन भएको जनाईएको छ ।
सरकारले व्यक्तिगत रुपमा पारिश्रमिक आयआर्जन गर्ने तथा व्यावसायिक रुपमा गरिएका अर्थ उपार्जनका गतिविधिहरुको विवरण चुस्तदुरुस्त बनाउनका लागि सरकारले जेठ १५ गतेदेखि प्यान र भ्याट अनिवार्य गरेपछि प्रमाणपत्र लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो।








