• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बारपाक सुलिकोटको भवनमा पाँच करोड लगानी ‘बालुवामा पानी’, नसर्दै भत्किन सुरु

  •   शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएर नसर्दै भत्किन थालेको छ । निर्माण सम्पन्न भएको भन्दै पालिकाले लाखौँ रुपैयाँ खर्च गरेर तामझामका साथ उद्घाटन गरे पनि नसर्दै भवन भत्किन थालेको हो ।

    गत १२ चैतमा निर्माण सम्पन्न भएको भन्दै गाउँपालिकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिको रूपमा बोलाएर तामझामका साथ भवन उद्घाटन गरेको थियो । गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र बारपाक सुलिकोट गाउँपालिकाको साझेदारीमा पाँच करोड १० लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो । पालिकाले करोडौं रुपैँया लागतमा निर्माण गरेको भवनमा सरेर कार्य सम्पादन सुरु गरिसकेको छैन् ।

    तर, पालिकाको भवनको दोस्रो तल्लामा चर्किएर पानी छिर्न थालेको छ । छिरेको पानीले भवनभित्रको कोठा तालिएको छ । चर्किएको ठाउँबाट अत्याधिक पानी छिर्न थालेपछि गाउँपालिकाले भित्रबाट पलाष्टिक र बाहिरबाट हरियो कपडाले ओत दिएको छ । यस्तै पिल्लर र ढलान पनि चर्किन थालेको छ । भुइँ तला दबिन थालेको छ ।

    ‘टाढाबाट हेर्दा मात्रै चिटिक्क हो । भित्र पानी बसेर कोठाभित्रै ताल छ । भुइँ तला पनि केही इन्च दबिएको छ । पिल्लर र भित्ताहरु पनि चर्किन सुरु भइसक्यो । कमिसन नखाई, भ्रष्टाचार नगरी, गुणस्तरीय काम गरेको भए बनिसकेको केही महिना नपुग्दै यस्तो हुन्थ्यो र ?’, नाम नबताउने सर्तमा पालिकाका एक प्रतिनिधिले भने ।

    प्रशासकीय भवनका लागि करोडौं रुपैयाँ खर्च गरे पनि हालसम्म गाउँपालिकाले भाडाको घरबाट सेवा दिइरहेको छ । करोडौंको लागतमा भवन निर्माण गरे पनि प्रयोग गर्न नपाएपछि गाउँपालिकाको लगानी ‘बालुवामा पानी’ जस्तै भएको छ ।

    कर्मचारीहरु ज्यान जोखिममा राखेर जीर्ण भवनमा सरेर सेवा दिन नसकिने बताउँछन् । भवन निर्माणका लागि नवकान्तिपुर कन्स्ट्रक्सन कम्पनी प्रालिले जिम्मा लिएको थियो । प्रचण्ड भवन उद्घाटन गर्न माउन्टेन एयरको हेलिकप्टरबाट गोरखा आएका थिए । प्रचण्ड सँगसँगै माओवादीका नेता नारायणकाजी श्रेष्ठ, सांसद हरिराज अधिकारी, लगायत जिल्लास्तरीय नेताहरु उपस्थित थिए । पालिकाको भवन उद्घाटनमा आए पनि प्रचण्डले स्थानीय निर्वाचन केन्द्रित हुन भन्दै मन्चबाटै कार्यकर्तालाई निर्देशन दिएका थिए । भवन उद्घाटन गर्ने वाहानामा पार्टीका नेताहरुलाई ल्याएर चुनाव लक्षित कार्यक्रम गरेको भन्दै चर्को आलोचना पनि भएको थियो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.