काठमाडौँ । मोरङ जिल्लाको रंगेली नगरपालिकामा एकै परिवारका १४ जना सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएसँगै स्थानीय तहले रंगेली बजार मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरेको छ । रंगेली नगरपालिकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अस्पताल पनि पूर्ण रुपमा बन्द गरेको छ। कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एकै परिवारका १४ जना, विद्युत प्राधिकरण रंगेली शाखाका पाँच र अस्पतालका तीन कर्मचारी समेत २२ जनामा कोरोना पुष्टि भएको हो । सामान्य स्वास्थ्य अवस्था भएका उनीहरु कसरी र कहाँबाट संक्रमित भए भन्ने खुल्न सकेको छैन ।








