टाइम्स अफ इण्डियाले सोमबार बिहार प्रहरीका प्रमुख गुप्तेश्वर पाण्डेले सुशान्तको आत्महत्या प्रकरणमा पैसाको पाटोमा अनुसन्धान नगरेकोमा मुम्बई प्रहरीमाथि प्रश्न उठाएका छन् । उनले मुम्बई प्रहरीले अनुसन्धानमा हेलचेक्र्याई गरेको आरोप लगाए । ‘बितेका चार वर्षमा सुशान्त सिंहको बैंक एकाउन्टमा ५० करोड रूपैयाँ जम्मा भएको थियो’, बिहार प्रहरीका प्रमुख पाण्डेले भने, ‘आश्चर्यजनकरुपमा ती सबै सबै रकम खाताबाट निकालिएको छ ।’‘ एक वर्षमा खातामा १७ करोड जम्मा भएकोमस १५ करोड निकालिएको छ’, बिहार प्रहरीका प्रमुख पाण्डेले भने, ‘के यो अनुसन्धानका लागि महत्वपूर्ण बुँदा होइन ? हामी चुप लाग्नेवाला छैनौं । हामी उनीहरूलाई(मुम्बई प्रहरी) किन यस्ता महत्वपूर्ण कुरालाई दबाउने काम भयो भनेर प्रश्न गर्नेछौं ।’ आइतबार उनले आफ्ना मातहतका एसपी विनय तिवारीलाई मुम्बई महानगर प्रशासनले जबरदस्ती क्वारेन्टिन राखेको विषयमा आपत्ति प्रकट गरेका थिए । बिहार प्रहरीले यस्तो आरोप लगाएपछि मुम्बई प्रहरीका प्रहरी कमिस्नर परमवीर सिंहले आरोपको मिडियामार्फत स्पष्टीकरण पेस गर्ने प्रयास गरेका छन् । कमिस्नरले घटनामा हालसम्म ५६ जना मानिसहरूको बयान रेकर्ड गरिएको भन्दै आफ्नो प्रहरीले गरेको अनुसन्धानको बचाउ गरेका छन् । सुशान्तले जुन १४ मा आफै निवासमा पासो लगाएर आत्महत्या गरेका थिए । सिंहले आत्महत्या गरेपछि बलिउडमा व्यापत परिवारबादले दिएको तनावले सुशान्तले आत्महत्या गर्नुपरेको आवाज मुखरित भएको थियो ।








